'व्यक्तिगत स्वार्थका लागि प्रचण्डले ओलीलाई छाडे'

'व्यक्तिगत स्वार्थका लागि प्रचण्डले ओलीलाई छाडे'

काठमाडौं:  माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको विषयमा मधेस केन्द्रित दलहरु भने ‘पर्ख र हेर’को नीतिमा छन् ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारबाट माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको विषय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका लागि खासै महत्व नरहेको बताए ।

अध्यक्ष दाहालले आफ्नो व्यक्तिगत स्वार्थका लागि वर्तमान सरकारलाई समर्थन गरेको र व्यक्तिगत स्वार्थमा नै अहिले समर्थन फिर्ता लिएको उनको धारणा थियो ।

'नयाँ बन्ने गठबन्धनले हाम्रा माग सम्बोधन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छन्', उनले भने, 'त्यसपछि मात्रै हामी नयाँ सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णयमा पुग्छौँ ।'

सत्ता साझेदार माओवादी केन्द्रको समर्थन फिर्तापछि वर्तमान सरकार अल्पमतमा परेको बताइए पनि संविधानतः अविश्वासको प्रस्ताव पारित नभएसम्म त्यस्तो भन्न नमिल्ने कानुनविद्को ठम्याइ छ ।

संविधानको भाग ३३ मा रहेको सङ्क्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था रहेको छ ।

धारा २९८ को उपधारा ८ मा राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, व्यवस्थापिका–संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट अविश्वासको प्रस्ताव पारित भएमा वा विश्वासको प्रस्ताव पारित हुन नसकेमा, व्यवस्थापिका–संसद्को सदस्य नरहेमा र मृत्यु भएमा मात्र प्रधानमन्त्री पदबाट मुक्त हुने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.