कांग्रेसको पत्रपछि माओवादी बाहिरियो

कांग्रेसको पत्रपछि माओवादी बाहिरियो

काठमाडौं: केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल कांग्रेसको समर्थनमा आफ्नो दल नेतृत्वको नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने जनाएको छ ।

एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अध्यक्ष दाहाललाई समर्थन गर्ने पत्र कांग्रेसबाट आएकैले सरकारबाट मन्त्रीहरू फिर्ता गरी भाबी सरकारको नेतृत्व गर्ने निर्णय भएको बताए ।

सरकार गठनका बेला एमालेसँग भएको सहमति एवं पछिल्लोपटक वैशाख २३ गते भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न एमाले तयार नभएपछि सरकारमा रहिरहन नैतिक हिसाबले गाह्रो भएको उनले बताए ।

महराले राष्ट्रिय सहमतिको सरकारका लागि माओवादी केन्द्रले विगतदेखि नै आफ्नो धारणा राख्दै आएको बताउँदै एमालेले समेत त्यसमा सहमति जनाउने दाबी गरे । उनले भने, ‘संविधान कार्यान्वयनको पहिलो चरणमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्ने सहमति भएको छ ।'

महराले स्थानीय निर्वाचन दाहालले र प्रदेश एवं संसद्को निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाले गराउने संकेत पनि गरे । उनले स्थानीय निर्वाचन आगामी वैशाखअगाडि नै हुने दाबी पनि गरे । महराले जुन आधारमा सरकार निर्माण भएको हो त्यही आधारमा रहन तयार नभएपछि त्यसमा रहनु र नरहनुको कुनै अर्थ नरहेको बताए । सरकारको स्वरूपलगायतका विषयमा कांग्रेससँग थप छलफल गरेर अगाडि बढ्ने र त्यसबारे कांग्रेसले सार्वजनिक रूपमै जानकारी गराउने उनले बताए ।

माओवादीका मन्त्री फिर्ता

माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष दाहालले मंगलबार पत्र लेखेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, सभामुख ओनसरी घर्ती र प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता शेरबहादुर देउवालाई यसबारे जानकारी गराएका हुन् ।

पत्रमा एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिइएको उल्लेख छ । पत्रमा एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकार तयार नभएकाले सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाइएको छ ।

माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको जानकारी पत्रमा दिइएको छ । पत्रमा अध्यक्ष दाहालले पार्टीको निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.