कस्तो छ संसद्को गणित

कस्तो छ संसद्को गणित

काठमाडौं: संसद्मा अहिले ३० दल र एक स्वतन्त्र गरी पाँच सय ९४ जना सांसद छन् । बुधबारसम्म उनीहरू एमाले वा माओवादी कसको पक्षमा उभिनेछन् भन्ने स्पष्ट भइसक्नेछ ।

कांग्रेसका २ सय ७ जना सांसद छन् भने एमालेका एक सय ८२ । माओवादी केन्द्रका ८२, राप्रपा नेपालका २५, संघीय समाजवादी फोरम नेपालका १५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका १४, राप्रपाका १२, तराईमधेस लोकतान्त्रिक पार्टीका ११ सांसद छन् ।

सद्भावना पार्टीका ६, मालेका ५, नेमकिपाका ४, तराईमधेस सद्भावना पार्टीका ३, राष्ट्रिय जनमोर्चा नेपालका ३, नेकपा (संयुक्त) का ३, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३ सांसद छन् । नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी र थरुहट तराई पार्टीका २–२ जना तथा बहुजन शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाः पार्टी, नेपाल सद्भावना पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, मधेसी समता पार्टी, दलित जनजाति पार्टी नेपालका १–१ सांसद छन् । एकजना भने स्वतन्त्र सांसद छन् ।

संसद्मा रहेका ३० दलमध्ये कांग्रेसले पुष्पकमल दाहालको नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्ने भएकाले दाहालसँग २८९ र वर्तमान गठबन्धनमा सहभागी माओवादी केन्द्रबाहेक अन्य दलले मंगलबार रातिसम्म सरकारबारेमा कुनै निर्णय गरिनसकेको हुँदा ओलीका पक्षमा करिब अढाइ सय मत रहेको हुँदा उनीसँग स्पष्ट बहुमत देखिँदैन ।

 

मंगलबार रातिसम्मको मत अवस्थाअनुसार देखिएको पाँच प्रकारको विभाजन

- संसद्मा प्रधानमन्त्रीका पक्षमा एमालेको १८२, राप्रपा नेपाल २५, फोरम लोकतान्त्रिक १४, राप्रपा १२, माले ५, नेमकिपा ४, परिवार दल २ र केही साना दल गरी २५० ।
- कांग्रेस र दाहालको २८९ ।
- आन्दोलनरत मधेसी मोर्चाः फोरम नेपाल १५, तमलोपा ११, सद्भावना ६, तमसपा ३, राजमो ३, रासपा ३, फोरम गणतान्त्रिक १, नेपा पार्टी १ गरी ४३ ।
- आन्दोलनरत थारू/थरुहटका पक्षमा थरुहट तराई पार्टी २, थरुहट मञ्च १ गरी ३ ।
- संयुक्त ३ हाल कतै नरहेको ।

को के भन्छन् ?


- सरकारमा जाने निर्णय मोर्चाको एकीकृत हुनेछ । दाहाल–देउवा गठबन्धनलाई हाल बाहिर बसेर समर्थन हुनेछ । —अशोक राई, संसदीय दलका नेता, फोरम नेपाल ।

०००

- संविधानमा मोर्चाको माग समावेश भएपछि मात्र सरकारमा सहभागी हुनेछौं । दाहाल–देउवा गठबन्धनलाई समर्थन गर्न हाम्रा मागप्रति उनीहरूको धारणा स्पष्ट हुनुपर्छ । - लक्ष्मणलाल कर्ण, संसदीय दलका नेता, सद्भावना पार्टी ।

०००

- नेपालमा बदलिएको राजनीतिक परिस्थितिको मूल्यांकन केही दिनमा बस्ने पार्टीको बैठकले गर्नेछ । अहिले त हामी ओलीकै सरकारमा छौं । -अइन्द्रसुन्दर नेम्बाङ, सचेतक, माले संसदीय दल ।

०००

- नयाँ गठबन्धनको नीति र कार्यक्रम हेरेर अघि बढ्छौं । अहिले कुनै निर्णय भएको छैन । यसै साता हाम्रो आधिकारिक निर्णय आउनेछ ।
-नारायणमान बिजुक्छे, अध्यक्ष, नेमकिपा ।

०००

- समय आएपछि पार्टीले उपयुक्त निर्णय लिनेछ । -चित्रबहादुर केसी, राजमोका अध्यक्ष एवं उपप्रधानमन्त्री ।

०००

- मुलुकले निकास पाउने कुरामा पार्टीले सकारात्मक निर्णय लिनेछ । -जयदेव जोशी, संसदीय दलका नेता, नेकपा संयुक्त ।

०००

- मधेसको मुद्दालाई सम्बोधन गरे नयाँ सरकारले समर्थन पाउनेछ । -महेन्द्रराय यादव, अध्यक्ष, तमसपा ।

०००

- मुलुकमा उत्पन्न नयाँ परिस्थितिबारे पार्टीले गम्भीरताका साथ लिइरहेको छ । उपयुक्त समयमा हाम्रो निर्णय आउनेछ ।
-मोहन श्रेष्ठ, सहयोगी राप्रपा (नेपाल) का अध्यक्ष कमल थापा ।

०००

- थारू/थारुवानका मुद्दाको सम्बोधन नयाँ गठबन्धनबाट हुनुपर्‌यो । जारी आन्दोलनबाटै कसैको पक्षविपक्षमा मतदान गर्न सक्दैनौं । - गोपाल दहित, अध्यक्ष, थरुहट तराई पार्टी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.