श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

श्रमजीवी पत्रकारको  न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित

काठमाडौँ: सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी वृद्धि गरिएको पारिश्रमिकबारे आज नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको छ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवी पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताएका छन्।

मन्त्रिपरिषद्को वैशाख २३ को बैठकले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि रु १९ हजार ५००, कर्मचारी÷कामदारका लागि रु १४ हजार ४००, अन्य सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि रु १४ हजार १०० र कर्मचारी÷कामदारका लागि रु १२ हजार ५०० तलब तोकेको थियो।

श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) अन्तर्गत गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको पेसागत सुरक्षाबारे गरिएको सिफारिसका आधारमा सरकारले सो निर्णय गरेको थियो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशप्रसाद थपलियाले सरकारको निर्णयबमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन भई वितरण भएकाले आउँदो साउन १ गते गतेदेखि पत्रकारको नयाँ पारिश्रमिक लागू हुने जानकारी दिए।

केही सञ्चार प्रतिष्ठानका सञ्चालकले असहमति जनाएको भए पनि सरकार सो तलव वृद्धिको निर्णयबाट पछि नहट्ने घोषणा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले गर्दै आएको छ। रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.