साहित्य लेख्नका लागि लेखनवृत्ति

साहित्य लेख्नका लागि लेखनवृत्ति

काठमाडौं: फरक क्षमताका कवि वियोग सापकोटाले छोरी एलिनालाई भनेछन् ‘मलाई लेख्न मन लागेको बेला लेख्न पाइनँ भने घाइते बाघजस्तै हुन्छु, मलाई लेख्न देओ ।' कवि सापकोटा राम्रोसँग बोल्दैनन् । मज्जाले हिँड्न सक्दैनन् । तर उनको साहित्य क्षमता बेजोडको छ । साहित्य फुरिरहे पनि चाहेको बेला लेख्न पाउँदैन । कारण उनको कलम चल्दैन । छोरीले उनले बोलेको सजिलै बुझ्छिन् ।

साहित्य लेखनका लागि उनलाई समय दिने कसले ? सबैको आ–आफ्नै व्यस्तता हुन्छ । वियोग सापकोटा रेडियो सुन्छन् । पत्रपत्रिका सुनाउन भन्छन् । केही फुर्‌यो भने लेख्न रहर गर्छन् । साहित्यकार वियोग सापकोटालाई इटहरीस्थित उनकै घरमा गएर घोस्ट राइटिङ्ग नेपालले लेखनवृत्ति उपलब्ध गराको छ । मनमा लागेको बेला लेख्न पाइयोस् भनेर उनका लागि छुट्ट्याइएको लेखन वृत्ति उनकी छोरीले पाउनेछिन् ।

वियोग सापकोटा निवासमा भएको कार्यक्रममा घोस्ट राइटिङ्ग नेपालका अध्यक्ष कमल ढकालले कवि वियोग सापकोटाको सिर्जनशीलता मर्न नदिन लेखेका सबै पुस्तक प्रकाशन गर्ने र त्यसबापत रोयल्टीसमेत उपलब्ध गराउने बताए । ढकालले किताब लेख्नका लागि नै लेखनवृत्ति उपलब्ध गराउँदै उनले कार्यक्रमका सभापति लेखनाथ घिमिरेलाई २५ हजारको चेक हस्तान्तरण गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा टंक न्यौपानेले साहित्यिक प्रोत्साहनले सबै लेखकलाई खुसी तुल्याएको बताए । ‘लेख्न पनि प्रेरित गर्ने, अनि लेखेको छापेर रोयल्टी पनि दिने, लेखकका लागि योभन्दा खुसीको सन्देश के होला ? ' न्यौपानेले भने । कवि अनिल पौडेलले सापकोटाको शारीरिक दुर्वलता भए पनि साहित्यिक क्षमता बेजोड भएको बताए ।

वियोग सापकोटा आफैं लेख्न र हिँडडुल गर्न सक्दैनन् । छोरी एलिना सापकोटाले मात्रै उनको बोली बुझ्छिन् र भनेको लेखिदिन्छिन् । ‘फुरेको बेला लेख्न पाउनु भएन भने बुवा भोको बाघझैं गर्नुहुन्छ', एलिनाले भनिन् । त्यही भोक कम गर्न लेखनवृत्ति उपलब्ध गराएको घोस्ट राइटिङ्गले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.