दुई इन्जिनिर गाउँलेको नियन्त्रणमा

 दुई इन्जिनिर गाउँलेको नियन्त्रणमा

बझाङः बुधबार गाउँलेले दुई इन्जिनियरलाई नियन्त्रणमा लिएका छन् । चैनपुर दिपायल सडक खण्डको मालुमेला गाविस आमवगरदेखी फकालीसम्म सडकको सर्वे गर्न पुगेका इन्जिनियरलाई गाउँलेले नियन्त्रणमा लिएका हुन् ।

मंगलबार सडक सर्वे गर्न पुगेका इन्जिनियर सुरेन्द्र नेपाल र सहायक इन्जिनियर प्रकास श्रीसलाई गाँउलेले अफिस फर्कन नदिइ नियन्त्रणमा लिएका हुन् ।
सडकका कारण बस्ती नै पहिरोको जोखिममा परेको भन्दै गाउँलेले इन्जिनियरलाई नियन्त्रणमा लिएका हुन् ।

सडकका कारण पहिरोले बस्ती नै विस्थापित हुने अवस्था पुगेको मालुमेला गाविसको आमबगरका बासिन्दा विगत एक महिनादेखी क्षतिपूर्ति र राहातका लागि जिल्ला प्रशासनमा माग गर्दै आएका थिए ।

गाउँलेबाट छुटाएर दुवै इन्जिनियरलाई सुरक्षाका लागि प्रहरी चौकी मालुमेलामा राखिएको प्रहरी चौकीका  इन्चार्ज प्रहरी सहायक निरीक्षक चेतबहादुर बुढाऐरले बताए  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.