डा.केसीको समर्थनमा हातमा कालोपट्टी

डा.केसीको समर्थनमा हातमा कालोपट्टी

काठमाडौँ: प्रा.डा.गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन्।

एसोसियसनमा आवद्ध चिकित्सकले डा.केसीले उठाएका माग पूरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको एसोसियसनका अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

डा केसी आइतबारदेखि टिचिङ अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग राख्दै आठौँ पटक अनशन बसेका छन्। राष्ट्रिय चिकित्सक सङ्घ र राष्ट्रिय मावनअधिकार सङ्गठनले पनि केसीले उठाएका माग जायज भएको भन्दै समर्थन जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.