ओलीलाई राप्रपा नेपालले अन्तिम समयसम्म साथ दिने
काठमाडौँ: सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयसम्म साथ दिने निर्णय गरेको छ ।
बुधबार बसेको राप्रपा नेपाल केन्द्रीय पदाधिकारी र संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम समयसम्म साथ दिने निर्णय गरेको हो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री सामु विद्यमान ३ विकल्प-राजीनामा वा विश्वासको मत वा अविश्वासको प्रस्ताव मध्ये प्रधानमन्त्रीले रोज्नु हुने कुनै पनि विकल्पमा राप्रपा नेपालले साथ दिने निर्णय गरेको छ ।’
उपप्रधान तथा परराष्ट्रमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाको सभापतित्वमा बसेको बैठकदले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको आधिकारीक धारणाका लागि साउन ११ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
सोही बैठकले दुई राप्रपा बीच एकताको निर्णय गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।