आगलागीबाट दुई घर जलेर नष्ट, दुईमा क्षति

आगलागीबाट दुई घर जलेर नष्ट, दुईमा क्षति

असार: सदरमुकाम दिक्तेल अस्पताल चौक नजिकै थर्पु डाँडामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।

बुधबार बिहान लागेको आगलागीले दिक्तेल नगरपालिका-२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको हो।

विनोदको घरबाट सुरु भएको आगलागी नियन्त्रण गर्नेक्रममा सँगै रहेका जीवन बस्नेत र सुमन बस्नेतको संयुक्त घर र यशोदा बास्तोलाको घरमा आंशिक क्षति भएको छ।

स्थानीय बजारबासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। पानी, हिलो, केराको थम्बा हानेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताए।

 

आगोबाट पाण्डे र बस्नेत परिवार बाहेक डेरामा बसेका स्थानीय पिडित भएका छन्। आगोले डेरागरेर बस्ने पाचँ परिवार पीडित भएका हुन्। आगोको क्षतीको बिस्तृत बिवरण आउन बाँकी छ।

नगरपालिकाको दमकल भने हिलोमा भासिएका कारण घट्नास्थलमा पुर्‍याउन नसकिएको दिक्तेल नगरपालिकाले जनाएको छ। गत पुस२ गते पनि दिक्तेल नगरपालिका-२ का हिरालाल पुरी सहित पाँच घर नष्ट भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.