सुत्केरीको मृत्युपछि १० लाख क्षतिपूर्ति

सुत्केरीको मृत्युपछि १० लाख क्षतिपूर्ति

विराटनगर:अस्पतालमै प्रसूति गराइएकी सुत्केरीको मृत्यु भएपछि मोरङको उर्लाबारी नगरपालिका ४ मा रहेको गोदावारी अस्पतालले क्षतिपूर्ति बापत १० लाख रुपैयाँ तिर्नु परेको छ।

प्रसूतिका लागि अस्पतालमा ल्याइएकी झापाको दमक १६ की २

५ वर्षीय ज्योति खड्काको मंगलबार विहान १०ः४५ बजे मृत्यु भएपछि खड्काको परिवारलाई अस्पतालले क्षतिपूर्ति बापत १० लाख रुपैयाँ तिरेको हो। मृत्युको विषयलाई लिएर मंगलबार दिनभर अस्पतालमा मृतकका आफन्तले तोडफोड र प्रदर्शन गरे । यही विषयलाई लिएर अस्पताल प्रशासन र पीडित पक्षबीच भएको बार्ता पैसाको कारोवारमा पुगेर टुँगिएको हो।

अस्पतालले क्षतिपूर्ति बापतको रकम दिएपछि मृतकका आफन्तले बुधबारबाट अस्पतालमा अवरोध पुर्याएनन्। शव बुझेर उनीहरुले पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन्।

चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त दोषी चिकित्सकमाथि कारवाही हुनु पर्ने, पीडित पक्षलाई क्षतिपूर्ति दिनु पर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका थिए । उनीहरुले तोडफोड गर्दा अस्पतालको झ्याल र ढोकाका सिसा फुटेका छन्।

प्रसूतिका लागि भर्ना गरिएकी ज्योतिको सोमबार विहान हस्पिटलका डा. बीपी कर्ण नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेर पहिलो सन्तानका रुपमा बच्चा (छोरी) निकालेको थियो। शल्यक्रिया गरिएको एक दिनपछि अस्पतालले डिस्चार्जनै नगरिकन ज्योतिको मृत्यु भए पनि उनीबाट जन्मिएकी नवजात शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

अस्पतालले क्षतिपूर्ति बापत दिएको पैसा नवजात शिशुकै हितमा खर्च गर्ने तयारी रहेको ज्योतिका छिमेकी संजीव भट्टले बताए।'अस्पतालले दिएको पैसा छोरीको लालनपालन र शिक्षा दिक्षमा खर्च गरिने आफन्तले जानकारी दिएका छन्,' उनले भने,'अस्पताललाई आगामी दिनमा यस्तो गल्ती नहोर्याउन पनि सचेत गराइएको छ।'

चिकित्सकले शल्यक्रियाका क्रममा लापरवाही गरेकै कारण ज्योतिको मृत्यु भएको दावी भट्टले गरे। उनले भने,'गल्ती नभएको भए यति धेरै पैसा तिर्न अस्पताल पनि सहमत हुने थिएन। क्षतिपूर्ति बापतको रकमले पनि केही कमजोरी भएको थियो भन्ने कुराको पुष्टि गर्छ।'

अस्पतालका लगानीकर्ता प्रकाश चौहानले सुत्केरीको मृत्युको विषयलाई लिएर उत्पन्न विवाद क्षतिपूर्तिमा पुगेर टुँगिएको बताए। उनले पीडित परिवारलाई क्षतिपूर्ति बापतको सबै पैसा बुझाइसकिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.