पासाङल्हामू मार्गमा पहिरो पन्छाउन सामूहिक प्रयास (फोटो फिचर)

पासाङल्हामू मार्गमा  पहिरो  पन्छाउन सामूहिक प्रयास (फोटो फिचर)

नुवाकोट: चीन जाने एक मात्र नाका रसुवागढीको पासाङल्हामू मार्गमा पहिरो गएपछि राजनीतिक दल, प्रहरी प्रशासन, सेना र स्थानीयले मिलेर पन्छाएका छन्।

रसुवाको मूलखर्क क्षेत्रमा भीषण पहिरोपछि मालबाहक गाडी ओहोरदोहोरमा समस्या आएपछि दल, प्रहरी प्रशासन, सेना र स्थानीयले मिलेर पहिरो व्यवस्थापन गरकेा हुन्।

पहिरोले सडक पुरेपछि बसमा आउने र जाने यात्रुहरुलाई सास्ती भएको छ। यस्तै चीनबाट आएको सामाग्री ओसार्ने ठूला कन्टेनरको बढ्दो चाँपले यात्रुहरु पहिरोकोबीचमै बास बबस्नु परिरहेको शसस्त्र प्रहरी वल रसुवाका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले वताए ।

 

वर्षा याममा राम्चे, ग्राङ र मुलखर्क-६ किलोमिटर क्षेत्र सधै पहिरोको जोखिममा रहेको छ। यस कारण वर्षायाममा यहाँ झनै समस्या हुने गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए। उनका अनुसार सडक मर्मतका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासनका कर्मचारी, मुख्य राजानीतिक दलका कार्यकर्ताहरु जुटेका छन्।

हाल यही सडक भएर नेपालबाट चीन प्रवेश गर्ने उत्तरी नाका रसुवागढी सन्चालनमा रहेकाले सबै मिलेर पहिरो व्यवस्थापनमा हातेमालो गरेको उनले बताए।

वैशाख १२ को शक्तिशाली भूकम्पले तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका भएर सामान ओसारपोसार गर्ने गरेको रसुवा उद्योग बाणिज्य संघ अध्यक्ष कैसाङनुर्वु तामाङले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.