सशस्त्रप्रहरी बललाई अर्घाखाँची सिमेन्टको तालिम

सशस्त्रप्रहरी बललाई अर्घाखाँची सिमेन्टको तालिम

काठमाडौं:अर्घाखाँची ओपीसी सिमेन्टले सशस्त्रप्रहरी बलका प्राविधिकलाई भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम प्रदान गरेको छ।

सशस्त्रप्रहरी बल हलचोकमा आयोजित एक कार्यक्रममा कम्पनीले भूकम्प प्रतिरोधी भवन निर्माण र गुणस्तरीय निर्माण सामग्री छनोट सम्बन्धित तालिम प्रदान गरिएको हो। कार्यक्रममा सशस्त्रप्रहरी बलका देशभरि कार्यरत प्राविधिकको सहभागिता रहेको कम्पनीले जनाएको छ।

सशस्त्रप्रहरी बलका प्राविधिकलाई कम्पनीका इन्जिनियरले तालिम तथा जानकारी दिएका छन्। भूकम्प प्रतिरोधी भवन निर्माण गर्न र भूकम्पको जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार तालिममा सहभागी सबै प्राविधिकलाई कम्पनीका सिनियर मेनेजर रमेश थापाले प्रमाणपत्र प्रदान गरेका थिए। कम्पनीले आगामी दिनमा अन्य संगठनमा पनि भूकम्प प्रतिरोधी भवन निर्माण तालिम तथा जानकारी दिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.