मन्त्रिपरिषद् बैठकः लगानी बोर्डमा श्रेष्ठ र राणा नियुक्त
काठमाडौँ: शुक्रबारको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सदस्यमा राजेशकाजी श्रेष्ठ र भवानी राणालाई नियुक्त गरेको छ।
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि बसेको बैठकले उद्योगी राजेशकाजी श्रेष्ठ र उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष राणालाई लगानी बोर्डको सदस्यमा नियुक्त गरेको हो।
बैठकबारे जानकारी दिदै खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले भने, ‘शुक्रबारको मन्त्रिपरिषद्ले पुरानै नियुक्तिलाई अनुमोदन गरेको हो। नयाँ निर्णय केही भएको छैन्।'
सँगै मन्त्रिपरिषद्ले माओवादी र नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा दर्ता गरेको अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय समेत गरेको छ।
कांग्रेस, माओवादीलगायतका दलले बुधबार संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।