बिन्दास वाइफाई क्याफे

बिन्दास वाइफाई क्याफे

धुलो, धुवाँ, अव्यवस्थित र कोचाकोच सडक। जाम र एक निमेस पार्किङको पिरलो। त्यसमाथि साताभरि कामको चाप। दौडधुप र धपेडीमै बित्छ अधिकांश राजधानीवासीको दिनचर्या।

यस्तैका बीच पनि गुड फ्राइडे मनाउने संस्कृतिको थोरै विकास भएको देखिन्छ। साताभरिको थकानलाई मिल्ने र सक्नेसम्मले गुड फ्राइडेका नाममा मनाउन थालेका छन्। साथीभाइ, परिवार, नातागोता वा आफन्तसँग बसेर गुडफ्राइडे मनाउनु पनि आर्थिक र वातावरणीय हिसाबले झन्झटिलो छ।

तर, वाइफाई फुड एन्ड क्याफे तपाईंका लागि शान्त र आनन्दको रोजाइ बन्नसक्छ। पुतलीसडकदेखि कृष्ण पाउरोटी चोक जाँदा दाहिनेपट्टि कुमारी हल छिर्ने मसिनो गल्लीमा छ वाइफाई क्याफे।

भित्र पस्दा नै सानो खेलमैदानजस्तै पार्किङ सुविधाले तपाईंको मन आधा शान्त पारिदिन सक्छ। मूल बजारसँगै जोडिएर पनि भित्री कुनामा परेको घरमा करिब आठ वर्षदेखि सञ्चालित क्याफे शान्त, एकान्त र पारिवारिक वातावरण उपलब्ध गराउन सक्षम छ।

कपल रुम, मिटिङ रुम, पारिवारिक जमघट र रुफटप क्याफेका कारण पनि आनन्दको रोजाइ बन्नसक्छ।'क्याफेमा आउनेहरू खानकै लागि मात्र आउँदैनन्, एकछिन आराम पनि होस भन्ने चाहना हुन्छ', वाइफाई फुड एन्ड क्याफेका सञ्चालक रूपक शर्माले भने, 'हामीले पाहुनाको शान्ति र गोपनीयतालाई विशेष ध्यान दिएका छौं।'

 

वाइफाई क्याफेमा बसेर वाइफाई चलाउँदै क्याफेको विशेष परिकार वाइफाई प्लाटर, चिकेन रोल, कात्ती रोल र पिज्जाको मज्जा लिनुको आनन्द बेग्लै छ। 'हामीले र अरूले सर्भ गर्ने खानाका परिकारमा स्वादको मौलिकतामात्रै फरक हो', हेड सेफ कृष्ण श्रेष्ठले भने, 'तर, हामी हाइजेनिक, सफा र शुद्धतामा विशेष ख्याल गर्छौं।'

राजधानीमा आउने पाहुना सबै सचेत भएकाले पनि रेस्टुराँको आयु लम्ब्याउन पनि यसमा ध्यान दिनैपर्ने अनुभव हेड सेफ श्रेष्ठको छ।
उसो त चाइनिज, इन्डियन, नेपाली टिपिकल खानसँगै कन्टिनेन्टल खानाहरू पस्कनु वाइफाईको विशेषता हो।

केही दिनमै गजल क्याफेका रूपमा रूपान्तरणको योजना बनाएको सञ्चालक शर्माले बनाए। क्याफेको पार्किङ सुविधा, एकान्त कोठा र रुफटप व्यवस्थाका कारण पनि यो क्याफे कलाकारको क्याफेका रूपमा चिनिने गरेको छ।

आरएन सिग्देल, कोमल ओली, खेम गुरुङ, स्वरूपराज आचार्यलगायतका कलाकारले वाइफाई क्याफेलाई बढी रुचाउने गरेका छन्। 'उहाँहरू र आगन्तुकहरूको स्वाद तथा सोचलाई सम्मान गर्न सकेकै कारण हाम्रो क्याफे बढी रुचाइने गरेको छ', सञ्चालक शर्माले भने।

खानाका परिकारमा इन्डियन रोटीदेखि चिल्ली गोल्ड कोइन, गार्लिक चिकेन, सिजलर, पिज्जा, ड्यागन, स्विट एन्ड सावर चिकेन, पेपर चिकेन पनि वाइफाई रेस्टुराँका विशेष चलेका परिकार भएको हेड सेफ श्रेष्ठले बताए।


प्रस्तुति: शिवराज योगी
[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.