अब बच्चा जन्माउने पालो जेनिफरको

अब बच्चा जन्माउने पालो जेनिफरको

केही समयअघि आफूलाई बच्चा जन्माउने चाहना रहेको खुलासा गरेकी ४७ वर्षीया बलिउड अभिनेत्री जेनिफर एनिस्टोन अहिले गर्भवती भएको प्रसंग हलिउडमा चर्चाको विषय बनेको छ। हुन त हलिउड यसै पनि गसिपको मुहान मानिन्छ। तर, जेनिफरका बारेमा आएको यो समाचार सही भएको बताइएको छ।

हालै पति जस्टिन थेराक्सका साथ बिदा मनाउन बहामास पुगेकी जेनिफर लुज वान पिसमा देखिएकी थिइन् । तस्बिरमा उनको पेट बढेको प्रस्ट देखिएको थियो।

केही महिनाअघि आमा गुमाएकाले विक्षिप्त बनेकी एनिस्टोनले आफू गर्भवती भएको थाहा पाएपछि असीमित खुसी भएको खुलासा गरे पनि यो खुसी गलत समयमा आएको बताएकी छन्। जेनिफर र जस्टिनको सम्बन्ध बिग्रिसकेको चर्चा चलेका बेला उनीहरू सन्तान प्राप्तिको तयारीमा भएकाले पनि जेनिफरको चर्चा भएको हो।

कतिपयले उनीहरू अलग हुने मोडमा पुगेको बताए पनि जस्टिनलाई एनिस्टोनले आफ्नो जीवनको सबभन्दा रमाइलो व्यक्ति भनेकी छन्। जस्टिनजस्तो व्यक्ति पाएकोमा आफूलाई भाग्यमानी महसुस गरेको उनको भनाइ छ।

 

चलचित्र निर्देशक जस्टिनसँग लगभग चार वर्षको प्रेमसम्बन्धपछि गत अगस्टमा उनीहरूले विवाह गरेका थिए । हलिउड स्टार ब्राड पिटसँग सम्बन्धविच्छेद भएपछि एनिस्टन लामो समय सिंगल रहेकी थिइन्।

ब्राटले अर्की हलिउड नायिका एन्जेलिना जोलीसँग विवाह गरिसकेका छन्। जेनिफर गर्भवती भएको कुरा जस्टिन थेराक्सको नजिकका साथीले खुलासा गरेको बताइएको छ। तर, जेनिफरले हालै प्रकाशित एक अन्तर्वार्तामा कसैले खिचेको एउटा तस्बिरका आधारमा कोही मान्छे आमा बन्ने नबन्नेबारेमा भन्न नमिल्ने तर्क गरेकी छन्।

आफू आमा बन्ने भए सबभन्दा पहिला आफैं खबर दिन्छु पनि भनेकी छन्। ४७ वर्षको उमेरसम्म पनि बच्चा नजन्माएकी एनिस्टनले बच्चा कहिले जन्माउने भन्ने मिडियाको प्रश्नबाट आफू वाक्क भएको उनले बताएकी छन्।

हलिउडमा दमदार छवी बनाएकी एनिस्टन निर्मात्री पनि हुना। प्राइम टाइम, गोल्डेन ग्लोब, स्क्रिन एक्टर्स गुइल्डजस्ता प्रतिष्ठित अवार्ड हात पारेकी अमेरिकी अभिनेत्री जेनिफरका ब्रुस अल्माइटी, द ब्रेक अप, मार्ले एन्ड मी, जस्ट गो विथ इट, हरिबल बोसेसलगायतका चलचित्र चर्चित छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.