संसद बैठक साउन ६ गतेसम्मका लागि स्थगित
काठमाडौँ: व्यवस्थापिका संसदको बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार सूचना टाँसेर संसद सचिवालयले साउन ६ गतेसम्मका लागि स्थगित गरेको हो ।
यता अर्थमन्त्री विष्णु पौडेलले भने बजेटसँग सम्बन्धित तीन विधेयक शुक्रबार पारित नभए गम्भीर आर्थिक संकट उत्पन्न बताइका छन् । शुक्रबार सभामुखलाई भेटेर मन्त्री पौडेलले आर्थिक संकट आइपर्ने बताएका हुन् ।
संसदबाट विनियोजन विधेयक पारित भए पनि अहिलेसम्म आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित भएका छैनन्।