ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, १२ घाइते

ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, १२ घाइते

कावासोती: पूर्व--पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु-७ चोरमारा जङ्गलमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको ना ५ ख ६२७४ नम्बरको बस राजमार्गमा रोकिराखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा ठक्कर खाँदा गुल्मी खर्याङ-९ का २८ वर्षीय भेषबहादुर बुचाको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा घाइते हुने बस धनी झपिन्द्र थापा, गुल्मी ६ छफिरे-३ की ईश्वरी काप्री, प्युठानका देवेन्द्र खत्री, कमल पाण्डे, अर्जुन भट्टराई, विशाल विक, विष्णु पौडेललाई चितवन पठाइएको छ भने अन्यको डन्डो मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि अवरुद्ध सडक दुई घन्टापछि सुचारु भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.