कलाको कोरियोग्राफी

कलाको कोरियोग्राफी

भनिन्छ, मोडेलको क्रेज बैंस छउन्जेलमात्रै हुन्छ। वास्तवमा नेपालमात्रै होइन विश्वमै मोडलिङ क्षेत्रको नियति यस्तै छ । तर मोडेलका रूपमा सागालेका अनुभव र सीपलाई प्रयोग गर्न जान्यो भने उमेरले छेक्न सक्दैन।

यसको एउटा उदाहरण बनेकी छन्, कला सुब्बा। नेपालमा पहिलो छिमलकै मोडेल हुन् उनी। मिस नेपाल १९९८ मा भाग लिई ‘मिस ट्यालेन्ट'को उपाधि जितेकी उनी अहिले कोरियोग्राफरका रूपमा क्रियाशील छिन्।

भीजे त उनको पुरानो पहिचान नै हो। देशविदेशमा कोरियोग्राफी गर्ने नेपालका थोरै कोरियोग्राफरमध्ये एक हुन् उनी।कला हङकङमा हुन लागेको मिस हङकङ नेपाल २०१६ का प्रतियोगीलाई प्रशिक्षण दिन त्यता जान लागेकी छन्।

यो उनको पहिलोपटक भने होइन। यसअघि सो प्रतियोगितामा उनले सन् २०००, २००१ र २००५ को संस्करणमा कोरियोग्राफी गरेकी थिइन्।

१० वर्षपछि उक्त प्रतियोगितामा फेरि उनले कोरियोग्राफी गर्न लागेकी हुन्। 'एक दशकपछि मिस हङकङ नेपालका प्रतियोगीलाई प्रशिक्षण गराउन पाउँदा खुसी लागेको छ', कलाले भनिन्।

 

नेपाली युवती सहभागी हुन पाउने पुराना सौन्दर्य प्रतियोगितामध्ये मिस हङकङ नेपाल पनि एक हो। सन् १९९८ देखि सुरु भएको यो प्रतियोगिता नियमित रूपमा आयोजना हुन नसके पनि अहिलेसम्म सन् १९९८, २०००, २००१, २००५, २०११ र २०१२ गरी ६ पटक आयोजना भइसकेको छ।

प्रतियोगिताको सातौं संस्करण अर्थात् मिस हङकङ नेपाल २०१६ को तयारी सुरु भएको छ। यस संस्करणमा १५ युवती अन्तिम प्रतिस्पर्धामा उत्रिएको कला सुब्बा जानकारी दिएकी छन्।

हङकङ आईडी भएका अविवाहित नेपाली युवतीले भाग लिन पाउने यो प्रतियोगिता मिस हङकङ नेपाल सोसाइटीले आयोजना गरेको हो । आयोजकले दिएको जानकारीअनुसार यस संस्करणका विजेतालाई १० हजार हङकङ डलर पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी फस्ट र सेकेन्ड रनरअपलाई क्रमशः सात र पाँच हजार हङकङ डलर पुरस्कार दिइनेछ। प्रतियोगितामा मिस ट्यालेन्ट, मिस क्याटवक, मिस फोटोजेनिकलगायतका विभिन्न उपाधिसमेत समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.