चलचित्रको तुलनामा विज्ञान केही लागेन

 चलचित्रको तुलनामा विज्ञान केही लागेन

किरात मिथकमा आधारित चलचित्र विनायोमा पहिलोपटक अभियन गरेकी एलिसा राई भविष्यमा सफल अभिनेत्री बन्न चाहन्छिन्। विज्ञान विषयमा प्लस टु पूरा गरेकी उनी चलचित्र विषयमा स्नातक गर्ने तयारीमा छिन्।

खोटाङमा जन्मेकी १८ वर्षीया एलिसासँग पहिलोपटक चलचित्रमा अभिनय गर्दाका अनुभवका बारेमा गरिएको कुराकानीको मुख्य अंश:

चलचित्रबाट प्रस्ताव आउँदा कस्तो लाग्यो?
सुरुमा त हो कि होइन जस्तो महसुस भयो । चलचित्र मलाई मनप र्ने क्षेत्र भएकाले अभिनय गर्ने पक्का भएपछि धेरै खुसी भएको थिएँ ।

चलचित्र विनायोको कुन पक्ष मन पर्यो ?
यो चलचित्र किरात मिथकमा आधारित छ । म मौलिक कला संस्कृतिमा रुचि राख्ने मान्छे । त्यही विषयमा बनेको चलचित्रमा काम गर्न पाउँदा म अझ उत्साहित भएको थिए।

पहिलोपटक क्यामरा फेस गर्दाको अनुभव?
धेरैले पहिलोपटक क्यामरा फेस गर्दा नर्भस भएँ भनेको सुनेको छु तर मलाई पटक्कै त्यस्तो लागेन । सानैदेखि स्टेजमा नाच्ने, दर्शकको सामना गर्ने बानी परेको, भीड मन पर्ने भएकाले पनि मलाई नर्भस फिल नभएको होला।

 

चलचित्रको स्क्रिप्ट जस्तो थियो त्यसअनुसारको चलचित्र बन्यो त?
सुरुमा त राम्रै बनेजस्तो लाग्यो तर धेरै चोटि चलचित्र हेरेपछि सुधार गर्न सकिने ठाउँ धेरै भेटेँ।

चलचित्रमा अभिनय कला कि वास्तविक प्रस्तुति चाहिने रहेछ?
पहिलो कुरा त क्यारेक्टर बुझ्न जरुरी हुने रहेछ। आफ्नो भूमिकाअनुसार काम गर्दा अभिनय कला र र वास्तविकता दुवैको महत्व उत्तिकै हुनसक्छ।

अन्य चलचित्रमा त काम गर्नुभएन?
म भर्खरै साइन्समा प्लस टु सकेर बसेकी छु। केही चलचित्रमा कुरा भइरहेका छन्। काम गर्न पनि सक्छु। तर, मेरो योजना चलचित्र विषयमा स्नातक गर्ने रहेको छ। चलचित्रको तुलनामा विज्ञान विषय खास केही लागेन।

हिरोइन बन्नुभन्दा अगाडि र पछाडीको जीवनशैली ?
जीवनशैलीमा त खास केही फरक छैन। तर, चलचित्रमा काम गरेपछि धेरै सिक्ने मौका पाएँ । चलचित्र निर्माण गर्दा क्यामरापछाडि धेरै दुःख हुने रहेछ।

हिरोइन बनेर चलचित्र क्षेत्रमा टिक्न सकिएलाजस्तो लाग्छ?
किन नसक्नु ? तर मलाई हिरोइनभन्दा पनि अभिनेत्रीका रूपमा स्थापित हुन मन छ।

भविष्यको योजना?
कला क्षेत्रमा लागेर अगाडि बढ्नेछु। अभिनयमा मलाई असाध्यै रुचि भएकाले यही विषयमा उच्च शिक्षा हासिल गर्ने सोच बनाएकी हुँ। यो क्षेत्रमा अलि पढेर, जानेरै आउनुपर्ने रहेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.