परपुरुषको गर्भबाट जन्मिएको शिशुको हत्या
असारः शिशु हत्याको आरोप एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल नगरपालिका ७ कि ३६ वर्षीया केसीमाया सार्कीलाई शिशु हत्याको आरोपमा शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
मंगलबार राती सकुशल जन्मिएको शिशुलाई भोलीपल्ट हत्या गरेको स्थानीयको भनाइ छ। श्रीमान् विदेशमा रहेको अवस्थामा परपुरुषसँगको यौन सम्बन्धबाट जन्मिएको शिशुको हत्या गरेको स्थानीयको मौखिक उजुरी पछि सार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको पारिवारिक स्रोतले जनाएको छ। श्रीमान् विदेशमा रहेका बेला उनको पेटमा कस्को गर्भ रहेको हो भन्नेबारे यकिन हुन सकेको छैन।
पक्राउमा परेकी सार्कीलमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए। मृत शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ।