यी हुन् भर्चुअल भित्ताका सेलिब्रेटीहरु

यी हुन्   भर्चुअल भित्ताका सेलिब्रेटीहरु

कुनै बेला रिल धुलाएर निकालिएका फोटोलाई भित्तामा टाँगिन्थ्यो सिसाको बाक्लो फ्रेम हालेर। ब्ल्याक एन्ड ह्वाइट फोटोहरू पनि त्यतिबेला निकै महत्वका हुन्थे। फोटो टाँगिएको घर सम्पन्नताको प्रतीक मानिन्थ्यो। तर, समय फेरियो।

अब फोटो स्टुडियो गएर फर्मल फोटो खिच्ने चलन पनि पुरानो भयो। सूचना प्रविधिको विकासले क्यामेराको आकारमात्र घटाएको छैन, फोटो टाँस्ने भित्ता पनि फेरिदिएको छ। आफ्ना खुसीदेखि दुःखका क्षणलाई सार्वजनिक गर्ने भर्चुअल भित्ताहरूको विकास हुने क्रम रोकिएको छैन। फेसबुक, ट्विटर हुँदै अहिले फोटो टाँस्ने नयाँ भित्ता चर्चामा छ, त्यो हो-इन्स्टाग्राम।

तस्बिरहरू सेयर गर्नकै लागि भनी सन् २०१० बाट प्रयोगमा आएको इन्स्टाग्राम अहिलेको लोकप्रिय भर्चुअल भित्ता बनेको छ। इन्स्ट्यान्ट फोटो सेयर गर्ने यो माध्यम अहिले सामान्यदेखि सेलिब्रेटीहरूसम्म लोकप्रिय बनेको छ।

तस्बिरहरू सेयर गर्न सजिलो माध्यम बनेको इन्स्टाग्राममा सेलिब्रेटीहरूको विभिन्न प्रकारका तस्बिर हेरेर मनोरञ्जन लिनेको संख्या पनि कम छैन। केही उत्कृष्ट र सक्रिय इन्स्टाग्रामका सेलिब्रेटीहरू।

सक्रिया सेलेना
इन्स्टाग्राममा सबैभन्दा चर्चित बनेकी छन् हलिउडकी नायिका तथा गायिका सेलेना गोमेज। २३ वर्षीया सेलेनाले १२ सयभन्दा धेरै तस्बिरहरू पोस्ट गरेकी छन् भने उनी इन्स्टाग्रामको नम्बरकी वान सक्रिय र रुचाइएकी सेलिब्रेटीमा पनि दह्रिएकी छन्।

जसलाई फलो गर्नेको संख्या लगभग ८५ मिलियन रहेको छ। उनको इन्स्टाग्राममा धेरैभन्दा धेरै कार्यक्रम तथा फ्यानहरूसँगका तस्बिरहरू छन्। त्यस्तै अनेकौ फेसन सुटका फोटो पनि उनले सार्वजनिक गरेकी छन्।

रुचाइएकी टेलर
अमेरिकाको चर्चित पप सेलिब्रेटी टेलर स्विफ्ट पनि उत्तिकै सक्रिय छिन् इन्स्टाग्राममा। उनलाई दोस्रो सक्रिय सेलिब्रेटी भनिएको छ। २६ वर्षीय गायिका स्विफ्टको करिब ८५ मिलियन फलोअर पाइसकेकी छन् भने नौ सय पोस्टहरू रहेका छन्।

उनीहरूको फ्लोअरको संख्या निकै ठूलो भए पनि फ्लोब्याक दिन भने कन्जुस्याइँ गरेका छन्। आठ वर्ष पहिलादेखि सांगीतिक क्षेत्रमा देखापरेकी स्विफ्ट संसारभर प्रसिद्ध बनिसकेकी छन्। उनलाई समकालीन गायिकामा सबभन्दा रुचाइएको गायिका मानिन्छ।

 

पोस्टमा कुकुरप्रेम
गायन र अभिनय दुवै क्षेत्रमा सानै उमेरमा ख्याति कमाएकी अरिना ग्रान्ड इन्स्टाग्राममा तेस्रो नम्बरकी सक्रिय सेलिब्रटी हुन्। २३ वर्षको सानै उमेरमा सेलिब्रेटी बनेकी अरिनाको फ्लोअरको जमात पनि निकै ठूलो छ।

अरिनालाई यतिबेला विश्वका करिब ७९ मिलियन फ्यानहरूले पछ्याइरहेका छन्। अन्य सेलिब्रेटीले भन्दा धेरै तस्बिरहरू सेयर गरेकी छन् उनले।

करिब २४ सय पोस्टहरूमा उनको कुकुरप्रेम पनि झल्किएको छ। उनले कुकुरसँगको तस्बिर पनि सेयर गरेकी छन्। उनका अकाउन्टमा केही उटपट्यांग तस्बिरहरू पनि देखिएका छन्।

श्रीमान् र बच्चासँग वियोन्स
पपसंगीतको क्षेत्रमा राज चलाइरहेकी गायिका वियोन्स पनि इन्स्टाग्राममा त्यत्तिकै सक्रिय छिन्। उनी इन्स्टाग्राममा चौथो नम्बरकी प्रख्यात सेलिब्रटी बनिन्।

तेह्र सय पोस्टसहित उनको अकाउन्टमा करिब ७८ मिलियनले उनका क्रियाकलापलाई नियाल्न पछ्याइरहेका छन्। १७ पटक ग्रामी अवार्ड जितेर रेकर्ड बनाइसकेकी गायिका वियोन्सको प्रतिभा अन्य विधामा समेत त्यत्तिकै रहे पनि गायनमा केन्द्रित भएकी छन्।

उनको इन्स्टाग्राममा पोस्टमा प्रायः उनकै सांगीतिक यात्राका तस्बिरहरू देख्न सकिन्छ। उनले श्रीमान् जे जेड र बच्चाको तस्बिरहरू पनि त्यत्तिकै राखेकी छन्।

अचम्मकी किम
किम कार्दयसिन अर्की धेरै फ्लोअर भएकी सेलिब्रेटी हुन् इन्स्टाग्राममा। किपिङ अव विथ कार्दयसिन रियालिटी शोका अन्य सेलिब्रटीभन्दा धेरै फ्लोअर छ उनको। ३५ वर्र्षीया टेलिभिजन स्टार किमको प्रेमीसँगको सेक्स टेप लिक भएपछि सर्वत्र चर्चामा छाएकी हुन् किम।

हाल उनले र्‍यापर केने वेस्टसँग विवाह गरेर बच्चासमेत जन्माइसकेकी छन्। उनीसँग यतिबेला करिब ७७ मिलियन फ्लोअर छन्। उनका पोस्टहरू ३५ सयभन्दा धेरै छन्।

रमाइला जस्टिन
गायक जस्टिन विबर पनि इन्स्टाग्राममा निकै चर्चित छन्। उनलाई करिब ७५ मिलियन फ्यानले पछ्याइरहेका छन्। सक्रिय रूपमा इन्स्टाग्राममा छाएका जस्टिनले ३६ सयभन्दा धेरै पोस्ट सेयर गरिसकेका छन्।

गायनका क्षेत्रमा उत्कृष्ट स्थानमा पुगिसकेका र आफ्नो पहिचान छाड्न सफल उनी संसारका धेरै युवतीहरूको प्रिय बनेका छन्। विभिन्न प्रकारका तस्बिरहरू सेयर गरेका जस्टिनको इन्स्टाग्राममा केही रमाइला तस्बिरहरू पनि देख्न पाइन्छ।

प्रभावशाली केली
केली जेनर पनि इन्स्टाग्रामको उत्कृष्ट दस सक्रिय सेलिब्रेटीमध्येकी एक हुन्। किपिङ अप विथ कार्दयसिन रियालिटी शोबाट चर्चित बनेकी केली १८ वर्षमा हिँड्दै छिन्।

उनी सन् २०१४ मै उत्कृष्ट प्रभावशाली टिममा पर्न सफल भएकी थिइन्। फेसन दुनियाँमा विशेषगरी चर्चामा रहेकी केलीको मोडलिङ पनि उत्तिकै चर्चित छ।

उनको फ्लोअरको संख्या लभगभ ६७ मिलियन पुगिसकेको छ भने उनी सक्रिय रूपमा पोस्ट गर्दै आएकी छन् उनको पोस्टहरू करिब पाँच हजार पुगिसकेको छ।

रोनाल्डोका फोटोसेसन
फुटबलस्टार क्रिस्टियानो रोनाल्डो अर्का चर्चित इन्स्टाग्राम सेलिब्रटी हुन्। उनी उत्कृष्ट दस सेलिब्रेटीमध्येका एक हुन्।

उनका ६७ मिलियन फलमेअर रहेका छन् भने उनका सम्पूर्ण पोस्टहरू फुटबलसम्बन्धी रहेका छन्। उनी प्रायः फुटबल खेल्दाका तस्बिरहरू सेयर गर्ने गर्छन्। उनको करीब १३ सय पोस्टहरू छन्।

फुटबलका साथ फोटोसेसनका केही रमाइला क्षणहरू पनि इन्स्टाग्राममा उनले पोस्ट गरेका छन्। अन्यजस्तै उनले पनि फलोब्याक दिन भने कन्जुस्याइँ गरेका छन्।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.