दुई लाख घुससहित अनुसन्धान अधिकृत पक्राउ

दुई लाख घुससहित अनुसन्धान अधिकृत पक्राउ

नेपालगञ्ज: कोशेबाली अनुसन्धान केन्द्र खजुराका प्राविधिक अधिकृत वीरेन्द्र कुमार यादवलाई दुई लाख ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विशेष सूचनाको आधारमा अधिकृत यादवलाई पक्राउ गरेको हो ।

डिप बोरिङ र विद्युतको अन्तिम बिल भुक्तानी लिने क्रममा सेवाग्रहीबाट घुस लिदै गर्दा यादवलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको  आयोगको कोहलपु सम्पर्क कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
 
३ लाख घुस मागरेर बिल फर्स्यौँट गर्न लामो समयदेखि यादवले आटटाल गरिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.