संसदमा सभामुखको प्रयास असफल

 संसदमा सभामुखको प्रयास असफल

काठमाडौँ: सभामुख ओनसरी घर्तीले परम्परा र अभ्यासका आधारमा अविश्वासको प्रस्ताव बाहेक अब सांसद् अरु ‘बिजनेस' अघि नबढाउने निष्कर्षमा पुगेको जानकारी दिएकी छन्।

व्यवस्थापिका-संसद्को कार्यसूचीमा रहेको आर्थिक विधेयक २०७३ र प्रमुख प्रतिपक्षले प्रधानमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावमध्ये कुनलाई पहिलो अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षबीच मत बाझिएसँगै सभामुखले निर्णय लिनुपरेको हो।

प्रस्ताव अघि बढाउने सिलसिलामा विवाद उत्पन्न भएपछि सभामुखको निर्णय नै अन्तिम हुने प्रावधान छ।

शुक्रबारका लागि निर्धारित बैठक स्थगनको सूचनापछि पत्रकारसँग कुराकानी गर्दै सभामुख घर्तीले भनिन्, ‘सहमतिका लागि प्रयास गरेँ, सहमति हुन सकेन, दुवै पक्षबीच आआफ्नो अडान कायमै रह्यो, दलसँग परामर्श लिएर यसअघिका अभ्यासका अविश्वासको प्रस्तावबाहेक अरुलाई अघि नबढाउने निष्कर्षमा पुगेँ।'

‘दलबीच सहमति भएका खण्डमा जुनसुकैलाई अघि बढाउन सकिने भए पनि संसद यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि तुलनात्मक रुपमा अविश्वासको प्रस्तवलाई नै अघि बढाउने अभ्यास र परम्परा देखिएको हुँदा त्यसैको पक्षमा आफू उभिएको हुँ', सभामुखले भनिन्।

सभामुखले थपिन, ‘पदीय दायित्वअनुसार बराबरीको भूमिका खेलेको छु, अझ केही आशङ्का पैदा भएको होला, भोलि व्यवहारबाट मन जित्नेछु।' रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.