‘संसद बैठक रोकेर सदनभित्र षड्यन्त्र‘

‘संसद बैठक रोकेर सदनभित्र षड्यन्त्र‘

काठमाडौँ: एमाले प्रमुख सचेतक भानुभक्त ढकालले सूचना टाँस गरेर व्यवस्थापिका संसद बैठक स्थगन गरेर सदनभित्र षडयन्त्र भएको बताएका छन्।

शुक्रबारको संसद बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारकातर्फबाट अघि सारिएको राजस्वसँग सम्बन्धित आर्थिक विधेयकलाई पारित गरेर अघि बढ्दा सहजतातिर जानेमा सूचना टाँस गरेर बैठक स्थगन गरेर नयाँ कार्यसूची ल्याउने कामले सदनभित्र षड्यन्त्र सुरु भएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘यसले सदनभित्रको द्वन्द्व निम्त्याएको छ, सत्ताको नेतृत्व गरिरहेको दलको सचेतकको हैसियतले कसैलाई द्वन्द्व निम्त्याउने रहर लागेको छ भने त्यसको मुकाबिला गर्नका लागि हामी तयार छौँ।'

छलफलका लागि तय गरिसकेको कार्यसूचीभन्दा बाहिर गएर परिस्थितिलाई नयाँ ढङ्ग र समझदारीभन्दा द्वन्द्वतिर जान लागेको बताउँदै उनले सरकारी कार्यसूचीलाई कार्यान्वयन गर्न नदिने प्रयत्न भएको भनी सभामुखको भूमिकाको समेत आलोचना गरे। उनले भने, ‘सभामुखको भूमिकामा प्रश्न उठाउने पक्षमा छैनौँ।'

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दलबीच मतैक्यता हुन नसकेका विषयमा सभामुखलाई निर्णय दिने अधिकार दिएको हुँदा अविश्वासको प्रस्ताव अघि बढाउने सन्दर्भमा उनको भूमिकामाथि प्रश्न उठाउने पक्षमा आफू अहिले नरहेको प्रतिक्रिया दिए।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संसद अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि संविधान र नियमावलीमा प्रस्ट व्यवस्था भएअनुसार अविश्वासको प्रस्ताव बाहेक अरु कुनै पनि कार्यसूची अघि बढ्न नसक्ने बताए।

उनले भने, ‘नियम कानुनले बनाएको कुरामा सत्तापक्ष पनि सहमत हुनैपर्छ, सामूहिक कर उठाउने ऐन भएकाले कर उठाउने काममा केही दिन विधयेक रोकिँदैमा अप्ठ्यारो हुँदैन।'

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सदनले तुरुन्तै पास गर्नुपर्ने त्यस्तो अपरिहार्य प्रश्न रहेको र त्यसमा सर्वसम्मत भएका बाहेक अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि अविश्वासको प्रस्तावलाई नै प्राथमिकता दिनुपर्ने हाम्रो विगतको परम्परा र अभ्यास भएको बताए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.