ओलीको भन्दा मेरो गठबन्धनबाट चीन सन्तुष्टः प्रचण्ड

ओलीको भन्दा मेरो गठबन्धनबाट चीन सन्तुष्टः प्रचण्ड

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार भन्दा आफ्नो गठबन्धनसँग मित्र राष्ट्र चीन सन्तुष्ट रहेको बताएका छन्।

शुक्रबार निजी निवास लाजिम्पाटमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने,‘ मेरो गठबन्धनबाट चीन रुष्ट भयोभन्दै गरिएका प्रचार सरासर झुट हुन्। यो केबल सत्ता टिकाउने ‘ग्राण्ड डिजाइन'मात्र हो।'

‘प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा गरेको सम्झौता मेरै कारण भएको भन्दै मलाई चिनीयाँं राजदूत उ चुन्ताइले धन्यवाद दिए', उनले भने, ‘मेरो विद्यमान सूचनाले पनि नेपाली कांग्रेससँग मैले गरेको गठबन्धनबाट चीन खुशी छ।'

चीन,नेपाल र भारतबीचको द्वन्द्व कायमै रहोस् भन्ने पक्षमा आफू नरहेको दाबी समेत उनको छ।

चीन सरकार नेपाल र भारतबीच असल मित्रताको पक्षमा रहेको दाहालले बताए। प्रधानमन्त्री ओली प्रवृत्ति सर सल्लाह भन्दा पनि मनोगत रुपमा अघि बढ्ने गरेको समेत आरोप प्रचण्डको छ।

प्रचण्डले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अचानक स्थगित गरेर गल्ती गरेको बताए। सँगै, राष्ट्रपतिको भ्रमणको नाममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता गरेर समेत गल्ती गरेको बताए।

उनले यी दुई प्रकरणलाई कुटनीतिक मर्यादा विपरितका क्रियाकलापको संज्ञा समेत दिए। ‘राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावित भारत भ्रमण तीन दिनअघि रोकिनु र भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउनु ओली सरकारको गल्ती हो,' उनले थपे,‘यस्तो कार्य कुटनीतिक मर्यादामा पर्दैन।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.