बिहे घरमा मध्ये राति गोली चलेपछि...

बिहे घरमा मध्ये राति गोली चलेपछि...

काठमाडौं: अंग्रेजी र लोकदोहारीमध्ये कुन गीत बजाउने भन्ने विवादमा ललितपुरको देवीचौरमा बिहीबार राति गोली चलेको छ । वैवाहिक कार्यक्रममा एउटै गाउँ वरपरका आफन्त भए पनि गीत बजाउने निहुँमा भरुवा बन्दुक पड्कँदा स्थानीय प्रवेश तामाङ घाइते भएका छन् ।

देवीचौरका मनिक थिङले प्रवेशलाई भरुवा बन्दुक प्रहार गरेका थिए । गोलीको छर्रा प्रवेशको तिघ्राभित्र छिरेको छ । दोहोरो भिडन्तमा सोनाम तामाङ र सूर्य तामाङसमेत घाइते भएका थिए । मनिकको समूहका राजकुमार थिङ, विशाल थिङ र अमित थिङलगायतले तरबारसमेत प्रहार गरेका थिए ।

घाइते तामाङ त्रयलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । खुट्टामा भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते प्रवेश तामाङलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले दिए । सोनाम र सूर्य उपचारपछि घर फर्केका छन् ।

प्रहरी वृत्त चापागाउँ र प्रहरी चौकी टीकाभैरवबाट खटिएको प्रहरी टोलीले घटनामा प्रयोग भएको एक थान भरुवा बन्दुक, एक थान तरबारसहित २० जनालाई नियन्त्रणमा लिएको छ । परिसर प्रमुख एसएसपी अधिकारीका अनुसार विवाहमा अंग्रेजी र लोकदोहोरीमध्ये कुन गीत बजाउने भन्ने निहुँमा झगडा भएको थियो ।

‘प्रहरीले घटना साम्य बनाउने र संलग्न व्यक्तिलाई नियन्त्रण गर्न धेरै मेहनत गर्नुपर्‌यो, अनुसन्धानका लागि दुई पक्षलाई नियन्त्रणमा लिएका छौं', एसएसपी अधिकारीले भने । मनिक घटनाका मुख्य अभियुक्त हुन् । घरमा राखेको भरुवा बन्दुक ल्याएर एक राउन्ड गोली प्रहार गरेको जानकारी एसएसपी अधिकारीले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.