मापसेका कारण कहालीलाग्दो दुर्घटना (फोटोफिचर)

मापसेका कारण कहालीलाग्दो दुर्घटना (फोटोफिचर)

काठमाडौं: राजधानीको छाउनीमा शनिबार विहान कहालीलाग्दो सडक दुर्घटना भएको छ । बा ३ च ९२३४ नम्बरको कार चालक बानेश्वर थापागाउँका राजेन्द्र विष्टले अन्धाधुन्द गाडी हाँक्दा सडकमा गुडिरहेको बा ४४ प १२९५ स्कुटर तीन फिट उडेर सडक पेटीमा बजारिएको थियो । चालक विष्टले मादक पदार्थ सेवन गरेर कार हाँकेको प्रहरीले जनाएको छ ।

छाउनीस्थित नेपाल टेलिकमको पर्खालमा विहान साढे आठ बजे ढोकिएको स्कुटीमा सवार थिए सशस्त्र प्रहरीमा फलोअर्सको काम गर्ने कर्मा लामा र उनकी पत्नी सम्झना लामा । उनीहरु छाउनीतर्फ गईरहेका बेला सीतापाईलाबाट टाहाचालतर्फ आईरहेको विष्टले हाँकेको कारले ठक्कर दिएको हो । कारसमेत टेलिकमको पर्खालमा बजारिएको थियो ।

घाईते स्कुटीमा सवार लामाद्वयलाई तत्कालै उपचारको लागि त्यहाँ खटिएका सेना र स्थानीयले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्‌याएका थिए । पछि सशस्त्र प्रहरीमा काम गर्ने खुलेपछि उनीहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‌याईएको हो ।

Accident-at-Chauni1

दुर्घटनाग्रस्त स्कुटर

घाईते मध्ये कर्माको टाउको र दाहिने तिघ्रामा गम्भीर चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । सम्झनाको बाहिरी चोट नदेखिएपनि उनी गम्भीर छिन् ।

 

दुर्घटनालाई नजिकैबाट नियालेकी सरस्वती खनालले भनिन्,‘ हेर्दाहेर्दै स्कुटरलाई कारले ठक्कर दिएर उडाईदियो, स्कुटरमा सवार दुई जना उछिट्टिएर पेटीमा बजारिए, कार टेलिकमको पर्खालमा गएर जोतिएको थियो, झण्डै म आफैं बेहोस हुन पुगें ।' छाउनीस्थित सैनिक संग्राहलयमा काम गर्दै आएकी खनालले दुर्घटना ज्यादै भयानक र फिल्मी शैली जस्तो देखिएको बताईन् । उनले कार चालकको लापरबाहीले यो दुर्घटना भएको बताईन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले दुर्घटनाका कार चालकले मादक पदार्थ सेवन गरेको जानकारी दिए । उनले भने,‘ चालकलाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ, घाईतेको उपचार सशस्त्रकै अस्पतालमा भईरहेको छ ।

दुर्घटनास्थलका थप तस्बिर हेर्नुहोस् 

Accident-at-Chauni4

Accident-at-Chauni3

Accident-at-Chauni5

Accident-at-Chauni6


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.