टर्कीमा सैनिक ‘कु’असफल, झडपमा १६१ जनाको मृत्यु, जर्नेलसहित तीन हजार सैनिक पक्राउ

टर्कीमा सैनिक ‘कु’असफल, झडपमा १६१ जनाको मृत्यु, जर्नेलसहित तीन हजार सैनिक पक्राउ

अंकरा (टर्की) : टर्कीमा सैनिक ‘कु’को प्रयास असफल भएको छ। झडपमा १६१ जनाको मृत्यु भएको छ। सैनिक कुमा संलग्न रहेको आरोपमा सरकारले दुई हजार ८३९ सैनिक अधिकारीलाई नियन्त्रणमा लिएको छ।

टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको जानकारी दिएका छन्।

घटनामा एक हजार ४४० जना घाइते भएका छन् भने सरकारले दुई हजार ८३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले बताएका छन्।

विद्रोह प्रयासमा संलग्न दुई हजार ८३९ सेनालाई नियन्त्रणमा लिइएको छ भने थप केही सेनालाई विद्रोह प्रयासमा सघाएको आरोपमा सुरक्षा नियन्त्रणमा लिने क्रम अझै जारी छ ।

यसैबीच शुक्रबारको ‘कु’ प्रयास नियन्त्रणभित्र आइसकेको बताउँदै यस घटनाबारे छलफलका लागि शनिबार दिउँसो आकस्मिक रुपमा संसदीय बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक टर्कीको असल मित्र हुन नसक्ने बताउनुभएको छ ।

गुलेनका समर्थकले सैनिक विद्रोह गराउने प्रयास गरेको टर्कीका सरकारी अधिकारीले बताएका छन् ।

गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आएका छन् । एजेन्सीहरु


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.