'टर्कीका नेपाली सुरक्षित'

'टर्कीका नेपाली सुरक्षित'

काठमाडौं: सरकारले टर्कीमा भएको असफल सैनिक ‘कू' को प्रयासपछि उत्पन्न तनावका बीच त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । त्यहाँ रहेका नेपालीलाई अहिलेको संकटको अवस्थामा घरबाट ननिस्कन र सुरक्षित स्थानमा बस्न सरकारले आग्रहसमेत गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले टर्कीको इस्तानबुल र अंकारामा विभिन्न पेसामा आबद्ध नेपाली सुरक्षित रहेको जानकारी पाएको अन्नपूर्णलाई बताए । टर्कीमा महिला कामदार (हाउसमेड) र चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी गरी करिब पाँच सय नेपाली रहेको बताइएको छ ।

‘इस्तानबुल र अंकारामा रहेका नेपालीसँग प्रत्यक्ष सम्पर्क गरी हामीले उनीहरूको अवस्थाबारे जानकारी लियौं । अहिलेसम्म सबै नेपाली सुरक्षित छन्', पौड्यालले भने, ‘हामीले नेपालीहरूलाई घरबाहिर ननिस्किन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौं ।'

टर्कीमा शुक्रबार मध्यरात भएको असफल सैनिक कूपछि गोलाबारी तथा हिंसात्मक घटना भएका थिए ।परराष्ट्रले टर्कीसमेत हेर्ने जिम्मा पाएको पाकिस्तानस्थित नेपाली दूतावासलाई टर्कीमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन निर्देशन दिएको छ । इस्तानबुलस्थित नेपालका अवैतनिक महावाणिज्यदूतलाई त्यहाँ रहेका नेपालीको स्थितिबारे नियमित जानकारी गराउनसमेत परराष्ट्रले निर्देशन दिएको छ ।

फ्रान्समा पनि नेपाली सुरक्षित

फ्रान्सको दक्षिणी सहर निसमा बिहीबार राति भएको बर्बरतापूर्ण ट्रक हमलामा समेत नेपालीहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त ट्रक हमलामा कम्तीमा ८४ जनाएको ज्यान गएको थियो । निस सहरमा रहेका नेपालीबारे बुझ्न परराष्ट्रले पेरिसस्थित नेपाली दूतावासलाई निर्देशन दिएको थियो । दूतावासका उपप्रमुख रामबाबु ढकालले सबै नेपाली सुरक्षित रहेको अन्नपूर्णलाई बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.