मन्दिरको जग्गा अतिक्रमण गरी नीजि अस्पताल

मन्दिरको जग्गा अतिक्रमण गरी नीजि अस्पताल

जनकपुरधाम: जानकी मन्दिरको सीता फुलबारी जग्गा अतिक्रम गरी एक नीजि अस्पतालले भवन निर्माण गरेका छन् । भवन निर्माणपछि स्थानीय युवाले पुनरावेदन अदालत जनकपुरमा मुद्दा दायर गरेका छन् ।

स्थानीय अगुवा सुशील कर्णसहितको समूहले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले धार्मिक महत्वको जग्गा नीजि अस्पताल निर्माणका लागि लिजमा दिएको भन्दै पुनरावेदन अदालत जनकपुरमा निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्दै निवेदन दिएका छन् । शुक्रबारनै अदालतमा रिट दर्ता गराई आइतबारका लागि पेसी तोकिएको छ ।

मन्दिरका महन्थ, जानकी मन्दिर सञ्चालक समिति तथा रामजानकी हस्पिटल प्रालिको मिलोमतोमा जनकपुर ६ सिट नम्बर १३५५२३, कित्ता नम्बर ५२ को ०–१४–२–३ जग्गा हस्पिटल खोल्नका लागि लिजमा दिइएपछि त्यहाँ भवन निर्माण कार्य सुरु भइरहेको छ । जग्गा लिजमा लिएवापत प्रतिवर्ष मन्दिरलाई ६० हजार रुपैयाँ उपलब्ध गराउने गरी २१ वर्षको लागि लिजमा महन्थ दासले अस्पताल सञ्चालकलाई जग्गा उपलब्ध गराएको हो ।

मन्दिरको फुलबारीलाई नीजि रुपमा अतिक्रमणको लागि ठेक्कामा दिएर हिन्दु धर्मावलम्बीको आस्थामा चोट पुर्‌याउने कार्य भइरहेको र सार्वजनिक सम्पत्ति अतिक्रमण हुन जाने भएको भन्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यालय प्रमुख, मन्दिर सञ्चालक समिति, धनुषाका प्रमुख जिल्ला अधिकारी, जनकपुर उपमहानगरपालिका कार्यालयका प्रमुख, रामजानकी हस्पिटल प्रालिका सञ्चालक समिति, गुठी संस्थानको कार्यालय धनुषा शाखाका प्रमुखसहितलाई विपक्षी बनाएर रिट निवेदन हालिएको हो ।

जानकी मन्दिर धार्मिक र सांस्कृतिक रुपले सम्पन्न मैथिली सभ्यताको धरोहर रहेको र यसका सम्पत्ति कसैले कुनै प्रकारले हनन गर्न नपाउने तथा मन्दिरको सम्पत्ति संरक्षणको उद्देश्यले सरकारले विभिन्न निकाय गठन गरेपनि तिनले आफ्नो काम नगरेको भन्दै विपक्षी बनाइएको निवेदनमा उल्लेख गरिएको छ । कर्णलगायत किसनकुमार मण्डल, बिटुकुमार पंजियार र मोहनकुमार रौनियारलगायतले तराई मानवअधिकार रक्षक सञ्जालको सहयोगमा रिट निवेदन दायर गरेको जनाइएको छ ।

रिटमा गैरकानुनी रुपमा निर्माण भइरहेको अस्पताल निर्माण कार्य सिघ्र रोक्नुका साथै सम्झौता बदर गर्न पनि माग गरिएको छ । सार्वजनिक महत्वको फुलबारी जग्गामा अस्पताल निर्माण कार्य सुरु भएदेखिनै सर्वसाधारणले विरोध जनाउँदै आएका थिए । तर, सरोकारवाला निकाय र स्थानीय प्रशासनले निर्माण रोक्न कुनै पहल नगरेपछि स्थानीयवासी समेत मौन भएका थिए ।

 

भाइरलका बिरामीले भरिए अस्पताल

विराटनगरका अस्पताल भाइरल ज्वारोका बिरामीले भरिएका छन् । एकमात्र सकरकारी अस्पताल कोशी अञ्चल अस्पतालको इमर्जेन्सी कक्षमा भाइरलका कारण बिरामी भएकाको भीड नै लागेको छ ।

उनीहरूलाई उपचार गर्न थप जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आएको छ । नीजि अस्पतालमा पनि बिरामी खचाखच छन् ।

कोशी अञ्चल अस्पतालमा दैनिक उपचार गर्न आउने बिरामीको तुलनामा अहिले तेब्बर बढी बिरामी भर्ना भएका छन् । अस्पतालको इमर्जेन्सी कक्षका अहेब प्रकाश साहले भने, ‘भाइराल ज्वरोका बिरामी धेरै छन् । बालबालिका र वृद्धवृद्धा पनि धेरै प्रभावित भएका छन् ।'

कोशी अञ्चल अस्पतालको इमर्जेन्सी कक्षमा मात्रै २ सय भन्दा बढी बिरामी दैनिक आउने उपचार गर्न आई रहेको उनले बताए । सामान्य अवस्थामा इमरजेन्सीमा ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका थिए ।

गर्मी बढेसँगै ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखला, निमोनियालगायतका समस्या लिएर आउनेको संख्या बढ्न थालेको छ नोबेल मेडिकल कलेज विराटनगरले जनाएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलको ओपीडीमा आउनेमध्ये अधिकांश मौसमी ज्वरो पीडित छन् । दाहालले भने, ‘मौसमी ज्वरोका बिरामी धेरै छन् । बालबालिकाको संख्या पनि बढ्दो अवस्थामा छ ।' नोबेल अस्पतालमा उपचार गर्न सीमावर्ती भारतीय क्षेत्रबाट पनि बिरामी आउने गरेका छन् ।

विराटनगरको गोल्डेन अस्पतालमा पनि बिरामीको चाप अधिक बढेको र खासगरी ज्वरो आएर समस्यामा परेका बालबालिकाको संख्या बच्चा वार्डमा धेरै रहेको अस्पतालले जनाएको छ । आरके चिल्ड्रेन, लाइफगार्ड, हाम्रो, ग्रिनक्रस, मोरङ सहकारी अस्पतालमा पनि मौसमी बिरामी बढेका छन् ।

गोल्डेन अस्पतालका निर्देशक सनातन मण्डलले गर्मीसँगै मौसमी रुपमा लाग्ने रोगका बिरामी उपचारका लागि आउने क्रम बढेको बताउँदै भने, ‘हामीले बिरामीको संख्या बढेसँगै चिकित्सक र जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गरिरहेका छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.