विप्लव माओवादी सात कार्यकर्ता पक्राउ
चितवनः सर्लाहीको सुकुम्बासी बस्तीमा सरकारले दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका सात कार्यकर्ता पक्राउ परेका छन् ।
बन्द गराउदै हिडेँका माओवादीका सात कार्यकर्तालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
बिहान ९ बजेदेखि दुई घन्टासम्म चक्काजाम आह्वान गरिएको थियो ।
चक्काजामको क्रममा नारायणगढ र माडीमा गाडी रोक्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट छ र माडीबाट एक जनालाई पक्राउ गरिएको हो ।
सँगै राजधानीका विभिन्न ठाउँबाट समेत विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । रासस