अन्नपूर्णको बम्पर उपहारः फुल्ली फर्निस बङ्लो वा एक करोड २५ लाख

अन्नपूर्णको बम्पर उपहारः फुल्ली फर्निस बङ्लो वा एक करोड २५ लाख

काठमाडौँ: अन्नपूर्ण पोष्ट दैनिकले साप्ताहिक, मासिक र वार्षिक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । वर्षभरीको उत्कृष्ट बम्पर उपहार अन्तर्गत बस्नलाई तयारी अवस्थामा रहेको (फुल्ली फर्निस बङ्लो) अर्थात् एक करोड २५ लाख एक भाग्यशाली ग्राहकले पाउनेछन् ।

वार्षिक ग्राहक योजना अन्तर्गत बम्पर उपहारका लागि २०७२ माघ १ गतेदेखि ०७३ पुस मसान्तसम्म वार्षिक ग्राहक बनेको हुनुपर्ने छ । पुराना ग्राहकले समेत नविकरण गरेर बम्पर उपहारमा सहभागिता जनाउन पाउनेछन् ।

चितवनको यज्ञपुरीमा रहेको बस्नका लागि पूर्ण तयार बंगला पाउने ग्राहकले घर नलिए एक करोड २५ लाख नगद पाउनेछन् ।

मासिक ग्राहक योजना
त्यस्तै, अन्नपूर्णको ग्राहक योजना अन्तर्गत हरेक महिना एकजना ग्राहकले ‘बजाज प्लाटिना’ मोटरसाइकल उपहार प्राप्त गर्नेछन् ।

साप्ताहिक ग्राहक योजना
साप्ताहिक ग्राहक योजना अन्तर्गत भने हरेक साता एकजनाले घरायसी सामाग्री पाउनेछन् । घरायसी सामाग्रीमा फ्रिज, राइसकुकर, आइरन लगायत अत्यावश्यक सामाग्री उपहार राखिएको छ ।

ग्राहकका लागि अन्य सुविधा
सबै ग्राहकले स्क्याच कार्ड मार्फत् पाँच सयमाथि सतप्रतिशत नगद छुट पाउने छन् ।  सँगै स्मार्ट फोन, ल्यापटप, सपिङ भौचर, ३२ इन्चको एलइडी टिभी, फ्रिज लगायतका उपहार पाउनेछन्।

अन्नपूर्ण बम्पर उपहार पर्ने भाग्यशाली एक वार्षिक ग्राहकले पाउने बङ्लो भिडियोमा हेर्नुहोस्ः

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.