बालुवाटारमा ओली कानुनविद्सँग परामर्श गर्दै
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक घटनाक्रमका बारेमा कानुनविद्सँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले अविश्वासको प्रस्तावको औचित्य, संवैधानिक व्यवस्था, संक्रमणकालीन अवस्थालगायतका विषयमा स्पष्ट हुन कानुनविद्लाई बोलाएका हुन् ।
अविश्वासको प्रस्ताव र ओलीको राजीनामालगायतका राजनीतिक विषयमा कानुनविद्बाट फरकफरक तर्क र बहस सुरु भइराखेका बेला भएको छलफललाई महत्वका साथ हेरिएको छ।
कांग्रेस र माओवादी केन्द्रले शनिबार बोलाएको परामर्श बैठकमा कानुनविद्ले सरकार गठन गर्न कुनै पनि संवैधानिक जटिलता नभएको सुझाव दिएका थिए।
संविधानको भाग ३३ को सङ्क्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ लाई टेकेर नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका छन्।