माधव नेपाल प्रचण्डकहाँ पुगेर भने- प्रधानमन्त्रीको अहम्‌ले गठबन्धन भत्कियो

माधव नेपाल प्रचण्डकहाँ पुगेर भने- प्रधानमन्त्रीको अहम्‌ले गठबन्धन भत्कियो

काठमाडौं: एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहम्‌ले दुई पार्टीबीचको गठबन्धन भत्किएको आरोप लगाएका छन् । भाबी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा पुगेर नेता नेपालले आफ्नो पार्टीका अध्यक्ष ओलीप्रति त्यस्तो आरोप लगाएका हुन् ।

केन्द्रीय कार्यालयको बैठकमा सरकारबाट समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गराएपछिको परिस्थितिको समीक्षा गर्ने क्रममा अध्यक्ष दाहालले एमाले नेतासँग भएको कुराकानी जानकारी गराएका थिए । ‘हाम्रा महाराजाका कारण गठबन्धन टुट्यो । हामी र तपाईंहरूलाई दिक्क बनाए । उहाँ (ओली) को अहम्ले गठबन्धन टुट्यो', एमाले नेता नेपाललाई उद्धृत गर्दै दाहालले भने ।

दाहालका अनुसार नेता नेपाल, अर्का एमाले नेता झलनाथ खनाल र वामदेव गौतम पनि ओलीले सत्ता हस्तान्तरण गर्ने पूर्वसहमति तोडेको भन्नेमा अडिग छन् । ‘ओलीले राजनीतिक बेइमानी गरेको भन्नेमा एमाले नेताहरू दृढ छन्', दाहालले बैठकमा भने । नेता नेपाल दाहालसँग छलफल गर्न आइतबार लाजिम्पाट पुगेका थिए ।

ओली निकट मानिने संसदीय दलका उपनेता सुवास नेम्बाङ भने एमाले र माओवादी केन्द्रका बीचमा देखिएको ‘वाक्युद्ध' कम गराउनुपर्ने विषयमा ध्यानाकर्षण गराउन आइतबार नै दाहाल निवासमा पुगेका थिए । ‘दुई पार्टीबीचको वाक्युद्ध कम गरौं, पछि पनि हामीले वार्ता र संवाद गर्नुपर्छ', नेम्बाङले दाहालसँग भनेका थिए ।

जबाफमा दाहालले ‘वाक्युद्ध' एमालेबाट एकतर्फी रूपमा आएको बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । ‘प्रधानमन्त्री पक्षका एमाले नेताहरू रक्षात्मक हुन थालेको बुझियो', ती नेताले भने । माओवादी बैठकमा अविश्वास प्रस्ताव दर्ता गराएपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्दै चुनौतीको सामना गर्दै अगाडि बढ्ने निर्णय गरिएको ती नेताले बताए ।

ती नेताका अनुसार एमालेसँगको गठबन्धन भत्काउने गरी पार्टीले लिएको निर्णयप्रति असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठले आफ्नो फरक मत पार्टीमा दर्ज गराएर पार्टी निर्णय कार्यान्वयन गर्न सहमति जनाएका छन् । ‘आन्तरिक र बाह्य चुनौती छन् । ती चुनौतीको सामना गरेर अगाडि बढनुपर्छ । अहिलेको राजनीतिक कोर्ष सही छ भन्ने निष्कर्षमा पुगिएको छ', ती नेताले भने । माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक सोमबार पनि बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.