केजरीवालले मन्दिरमा भाडा मस्काएर माफी मागे

केजरीवालले मन्दिरमा भाडा मस्काएर माफी मागे

एजेन्सी: दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबारको दिन अमृतसरको स्वर्णमन्दिरमा पुगेर भाडाकुँडा माझेर सिखहरुलाई सघाएका छन्। केही हप्ता पहिले मुख्यमन्त्री केजरीवाल सिखसँग सम्बन्धित मुद्दामा विवादित देखिएका थिए।

उनी मन्दिरमा पुगेर शीर निहुँराएर ढोगेका थिए।उनले ढोग्दै भने, 'अन्जानमा हामीबाट केही गल्ती भएको थियो। यही क्षमायाचनाको लागि दरबारमा हामी आएका छौ, तपाईको सेवा गरेर मनलाई शान्ति मिलेको छ।'

आम आदमी पार्टीले पन्जाब विधानसभा चुनावमा लागि युवा घोषणापत्र जारी गरेका थिए जसमा उसले मुख्यपृष्ठमा स्वर्ण मन्दिरको तस्बिरको साथमा अरविन्द केजरीवाल तथा आम आद्मी पार्टीको चुनाव चिन्ह कुचो राखिएको थियो।'

 

पञ्जाबको सियासी पार्टी, विशेषगरी शिरोमणि अकाली दलले उक्त तस्बिरलाई धेरै ठूलो मुद्दा बनाएको थियो र भनिएको थियो,'प्रत्येक मन्दिरमा
कुचो लगाउन सिखहरुको घोर अपमान हो।'

आमआद्‌मी पार्टीका नेताले यो मुद्दालाई भने सुन्ने वित्तिक्कै भएको सबै गल्ती अन्जानमा भएको स्विकार गरेका थिए। यता, अरविन्द केजरीवालले पनि स्वर्ण मन्दिरमा शीर मात्र राखेनन्। उनले सेवेइ दिनुका साथै भाडाकुँडा समेत मस्काएर आफू र पार्टीबाट भएको गल्तीको भुलसुधार/ क्षमायाचना गरेका थिए।

त्यहाँका स्थानीय पत्रकार रविन्द्र सिंहले भनेका छन्, केजरीवालको यो कदम सन २०१७मा हुने चुनावलाई लक्षित गरेर हेरिएको छ, जुन एकदमै महत्वपूर्ण छ।' उनी कहिल्यै पनि शिखलाई निराश भएको देख्न चाहदैनन्।त्यहीकारण प्रत्येक मन्दिरमा आफ्नो शीर निहुराएर माफी माग्ने प्रयत्न गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.