बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

 बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

 काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका प्रधानमन्त्री केपी ओलीले मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएको छन् ।

बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका शीर्ष नेताहरु सहभागी छन्।

बैठकमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, सरकार गठनका विषयमा उत्पन्न विवाद र संवैधानिक प्रश्नहरु, अविश्वास प्रस्ताव, नयाँ सरकार निर्माणलगायतका विषयमा बारेमा छलफल भइरहेको छ।

गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेपछि गत बुधबार ओलीविरुद्ध अविश्वास प्रस्ताव प्रस्ताव पेस गरिएको थियो।

उक्त विषयलाई लिएर दुवै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविद्हरुसँग आ-आफ्नै ढंगबाट परामर्श गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.