सेयर बजारमा बुल, नेप्से ४० अंकले बढ्यो
काठमाडौँ: धितोपत्र बजारमा आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई एक हजार ७८६ बिन्दुमा पुगेको छ।
कुल १३७ कम्पनीको रु एक अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
दैनिक चार घन्टा कारोबार सुरु भएको आज दोस्रो दिन बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझैँ ३ बजे बन्द हुँदा कुल २८ लाख ७० हजार ४९७ कित्ता सेयर बिक्री भएको छ।
विभिन्न पाँच समूहको सेयर उकालो लागेकामा अर्को तीन वटा समूहको सेयर भने ओरालो लागेको छ।बैंकिङ समूह २.५१, होटल ०.०६, जलविद्युत् ०.५५, बिमा ७.१३ र उत्पादन समूह १.७ प्रतिशतले बढेको छ भने विकास बैंक ०.१६, फाइनान्स ०.०३ र अन्य समूहको सुयर १.२९ प्रतिशतले घटेको छ।
एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आज खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो।उनका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ। रासस