जीतको खुसियालीमा खेलाडीले रक्सी खाँदा कस्ता असर पर्छन् ?

जीतको खुसियालीमा खेलाडीले रक्सी खाँदा कस्ता असर पर्छन् ?

अवश्य पनि काठमाडौँ उपत्यका र अन्य ठूला सहरको जीवनस्तरमा वृद्धि भएको छ । समाजका विभिन्न वर्गका मानिसमा रेस्टुराँ संस्कार पनि वृद्धि भइरहेकोमा दुईमत हुँदैन । मध्यम र उच्च वर्गका मानिस विभिन्न लन्च, डिनर पार्टीमा गएर चिल्लो मसलादार खाना खाने र मादकपदार्थ सेवन गर्ने गर्दछन् ।

त्यसका साथसाथै साथीभाइसँगै मिलेर हरेक बिहान मर्निङ वाक र फिटनेस सेन्टरमा जाने संस्कारमा पनि विकास भइरहेको देखिन्छ । यस्तो संकार साधारण जनमानस मात्र भएको नभएर नियमित खेलकुदको अभ्यास गर्ने खेलाडीका बीचमा पनि भएको पाइन्छ ।

मानिस/खेलाडी लोकल पबमा, रेस्टुराँ वा पार्टी प्यालेस जाँदा साथीभाइको करकापमा मादक पदार्थ सेवन गर्नुपरेमा तीस–चालीस एमएल वा एक पेग वा एक ग्लास वाइन लिए पनि खासै नकारात्मक असर गर्दैन ।

विभिन्न वैज्ञानिक अनुसन्धानले प्रस्ट गरेको छ– सीमित रक्सी पिउनाले मानिसको मांसपेशीय सहनशीलता र केही ताकत वृद्धि हुने गर्छ, तर बिर्सन नहुने कुरा के हो भने यो मात्र २० मिनेटको लागि मात्रै हुन्छ र पछि हराउने हुन्छ ।

तर समस्या आरम्भ हुन थाल्छन् । हामीले यो पनि बिर्सनु हुँदैन कि रक्सी/अल्कोहल भनेको एक प्रकारको विषालु पदार्थ नै हो र धेरै मात्रामा पिए शरीरभित्र धेरै विकारले आवास बनाउने हुन्छ ।

यसको बढी सेवनले शारीरिक बल (मस्तिष्क र मसल्सको कम अन्तरसंवादका कारण) र सहनशीलतामा ह्रास आउने, शारीरिक थकानबाट आराम पाउन धेरै समय लाग्ने, अक्सिजन प्राप्त गर्न सक्ने क्षमतामा ह्रास आउने, मानिसको स्नायु प्रणालीमा नकारात्मक असर गर्ने, मस्तिष्कमा असर पर्ने आदि हुन्छ ।

लामो समय धेरै मात्रामा पिएमा मानिसको मुटु र रक्तसञ्चार प्रणालीमा समेट असर गर्ने हुन्छ ।

रक्सी सेवनको कारण ससाना रक्तनली खुम्च्याउने हुनाले शरीरबाट तापक्रम बढी निस्कासन हुने भएकाले मासपेसीमा ठण्डापन वृद्धि हुने र शारीरिक कमजोर हुने गर्दछ ।

यसको लामो समय निरन्तर सेवनले पाचन प्रणाली कमजोर हुने जसले गर्दा कुपोषण सिकार हुने गर्छ ।

मानिसको कलेजोले रक्सीमा भएका विषालु पदार्थ डिटक्सिफाइ गर्ने भएकाले जति बढी रक्सी सेवन गर्‌यो कलेजोले त्यति नै बढी काम गर्नुपर्ने हुन्छ र केही सेललाई हानि पुग्ने हुन्छ । यसको बढी सेवनले मिर्गौलामा पनि नकारात्मक असर पुग्छ ।

हाम्रो देशमा होस् वा विदेशमा, खेलाडी र रक्सी, बियर, वाइन जस्ता पेय पदार्थ खेल सकेपछि वा खेल जितेपछि उत्सव मनाउने क्रममा जोडिन आउने गर्छ । कहिलेकाहीँ त्यस्ता उत्सवका फोटा पत्रपत्रिकमा छापिँदा यसले समाजमा नकारात्मक सन्देश जान्छ ।

नेपाली खेलकुद समाजमा खेल समापनपछि विजयी पक्षका खेलाडीले मादकपदार्थ सेवन गर्ने र उत्सव मनाउने जुन परम्परा छ, त्यसबाट खेलाडीलाई क्षणिकका लागि आनन्द प्राप्त होला, तर दीर्घकालको लागि हानि गर्छ ।

नेपाली खेलकुद समाजमा खेल समापनपछि विजयी पक्षका खेलाडीले मादकपदार्थ सेवन गर्ने र उत्सव मनाउने जुन परम्परा छ, त्यसबाट खेलाडीलाई क्षणिकका लागि आनन्द प्राप्त होला, तर दीर्घकालका लागि हानि गर्छ ।

रक्सी वा अन्य त्यस्तै पेय पदार्थ खेलाडीलाई हरेस पार्ने औषधि हुन् र यसको सेवनले मानिसलाई सोचेजस्तो उत्तेजक बनाउँदैन, बरु यसले मानिसको केन्द्रीय स्नायु प्रणाली र दिमागलाई ढिलो पार्ने काम गर्छ । मान्छे हरेस भएपछि ध्यान एकाग्रता गर्न नसकिने र उसका शारीरिक क्रियाकलापमा सामाञ्जस्य ल्याउन नसक्ने हुन्छ ।

मादक पदार्थ सेवनले मानिसलाई बद्नाम र हीनताबोध गराउँछ, जसले गर्दा उसको खेलकुद प्रदर्शन क्षमतामा नकारात्मक असर पार्दछ । यसका साथसाथै मादक पदार्थको सेवनले खेलाडीको सोच्ने विचार गर्ने गतिलाई पनि सुस्त बनाउँछ ।

खेलाडीको शारीरिक सन्तुलन बिग्रने, प्रतिक्रियात्मक समय, आँखाले देखेपछि हातखुट्टाको प्रतिक्रिया गर्ने सामाञ्जस्यता आदि क्षमतामा नकारात्मक असर पार्दछ । विभिन्न वैज्ञाानिक अनुसन्धानले के सिद्ध गरेको छ भने मादकपदार्थको सेवनले शारीरिक शक्ति, ताकत र सहनशीलता क्षमतामध्ये कुनैको पनि विकास हुँदैन ।

आजभोलि केही अन्तर्राष्ट्रिय खेल प्रतियोगिता हुँदा मदिरा सेवनलाई पूरै निषेध गरिएको हुन्छ । त्यसो भए पनि खेलाडीले हप्ताको अन्त्यमा हुने पार्टीमा मादक पदार्थ सेवन गर्ने गर्दछ । जसको प्रभाव प्रशिक्षण वा अर्को दिनको प्रतियोगिताको लागि थकान कम गर्ने प्रक्रियामा नकारात्मक असर पर्ने हुन्छ । यसरी हप्तान्तको पार्टीमा खेलाडीले मादक पदार्थ सेवन गर्ने बानी गरेमा अल्प र दीर्घकालमा विभिन्न नकारात्मक असर पर्ने हुन्छ ।

अल्पकालको नकारात्मक असर

मादक पदार्थ सेवनले खेलाडीको शरीरबाट निकै विजल नहुने गर्दछ । कडा रक्सी वावियरको उपभोगले शरीरभित्र निकै पानी खर्च हुने गर्दछ ।

हप्ताको अन्त्यमा हुने पार्टीमा खेलाडीले बढी मादकपदार्थ सेवन गरेको खण्डमा उसलाई घाउ चोटपटक लागेको छ भने त्यस भागमा अझ बढी रक्तप्रवाह हुन गई झन् बल्झिने हुन्छ र पूरा निको हुन घेरै समय लाग्ने हुन्छ । खेलाडीले दुईतीन पेग मादकपदार्थ सेवन गरेको खण्डमा ठीक समयमा प्रतिकार र ठीक निर्णय लिन नसक्ने हुन्छ ।

दीर्घकालको नकारात्मक असर

खेलाडी बारम्बार पार्टीमा मादक पदार्थको सेवन गर्ने बानी हुन थाल्यो भने यसको लत लाग्ने र शरीरमा धेरै शक्ति/इन्धन जम्मा हुन थाल्ने हुन्छ । बियरमा कमै मात्रामा कार्बोहाइड्रेट हुन्छ तर सेवन गरिसकेपछि त्यसमा भएको चिनी रक्सीमा परिवर्तन हुने हुन्छ । जसले गर्दा उसको शरीरिक तौल विस्तारै वृद्धि हुँदै जान्छ ।

धेरैजसोले मादक पदार्थ सेवन गर्दा धेरै चिल्लो पदार्थ (बोसोयुक्त) अन्य खाद्य पदार्थ पनि खाने हुन्छ, जुन शक्तिको रूपमा खर्च नभई बोसो भएर शरीरमा जम्मा हुन्छ । खेलकुद प्रशिक्षण वा म्याच सकिएपछि खेलाडीले पार्टी गर्न थाले भने त्यसको निम्नलिखित परोक्ष नकारात्मक असर पर्ने हुन्छः

१. आराम छिटो नहुने, पुनर्जलीय प्रक्रिया र मांसपेशीलाई पुनर्निर्माण गर्ने प्रक्रिया ढिलाइ हुने
२. चोटपटकबाट ठीक हुने/निको हुने प्रक्रियामा ढिलासुस्ती हुने
३.मादकपदार्थ सेवन गरेपछि हिंसात्मक भएर साथीहरूसँग झगडा गर्ने बानी हुन थाल्छ र खेलकुद समाजमा नकारात्मक छाप पर्न जानेछ ।
४. एसियन गेम्समा जाँदा हाम्रा केही खेलाडी अनि पदाधिकारीले गरेको अभद्र व्यवहारका कारणले देशकै बद्नाम भएका घटना पनि छन्

-अमात्य खेलकुदविद् हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.