१६ मेगापिक्सेल क्यामरा भएको सेल्फी स्मार्टफोन आउँदै
एजेन्सी: चिनियाँ कम्पनी ओप्पोले सेल्फीवाला स्मार्टफोन एप१एस ल्याउने भएको छ।कम्पनीले आउँदो अगस्टमा उक्त सेल्फीफोन ल्याउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। तर फोनकोबारेमा धेरै जानकारी दिनमा भने रोक लगाइएको छ।
बताइए अनुसार गत अप्रिलमा सार्वजनिक भएको एफवान तथा एफ वान प्लसको नयाँ भर्सन नै एप१एसको स्वरुप हुनेछ।यो सेल्फी स्मार्टफोनको बनोट धातुबाट बनेको हुनेछ। यसको मूल्य २६ हजार ९ सय ९९ राखिएको छ जुन हेर्दा आइफोन सिक्स एस जस्तो हुनेछ।
यसको अगाडिको भागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ जुन ०.२ सेकेण्ड्समा फोनलाई अनलक गरिदिनेछ। यो एप१एस फोनमा १६ मेगा पिक्सेलको भन्दा बढी सेल्फी क्यामरा राखिने बताइएको छ।
यसकासाथै यो स्मार्टफोनको अगाडिको क्यामरामा उच्चको स्तरको लेन्स प्रयोग गरिएको हुनेछ। यसमा ४ के भिडियो रेकर्डिङ तथा फेस डिटेक्शन अटो फोकस समावेश गरिएको छ। -एजेन्सी