दुई राप्रपा एक हुँदै

दुई राप्रपा एक हुँदै

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले साउन ११ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठकले राप्रपा नेपालसँग पार्टी एकीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने तथा एकीकरणपछि पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता तथा भ्रातृ सङ्गठनका भूमिका लगायत विषयमा छलफल गर्ने पार्टीका सह-प्रवक्ता किरण गिरीले जानकारी दिए।

मुलुकमा अहिले विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा समेत बैठकले छलफल गर्ने उनले बताए। दुवै पार्टीले मुलुकमा हिन्दू धर्म कायम गर्ने सैद्धान्तिक समझदारी कायम गरेपछि एकीकरणको प्रक्रिया अगाडि बढेको हो।

एकीकरणपछि हुने पहिलो महाधिवेशनले गणतन्त्र तथा सङ्घीयताका विषयमा गर्ने निर्णय नयाँ पार्टीले आधिकारिक रुपमा स्विकार्ने र त्यसलाई अगाडि बढाउने छन्।

पार्टी एकीकरणका लागि पार्टीबाट महामन्त्री बुद्धिमान तामाङ तथा राप्रपा नेपालबाट उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा कार्यदल गठन गरी विभिन्न समयमा छलफल भइसकेको छ।

पछिल्लो समय दुवै पार्टीका अध्यक्षका बीच अनौपचारिक छलफलमा अब चाँडो एकीकरण गर्ने समझदारी भएको थियो। राप्रपा नेपालले पनि सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.