उपेन्द्रको प्रश्नः खिलराज कसरी मन्त्रिपरिषद्को अध्यक्ष भए ?

उपेन्द्रको प्रश्नः खिलराज कसरी मन्त्रिपरिषद्को अध्यक्ष भए ?

काठमाडौँ: संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन्।

मंलगबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘अहिलेको समस्या संवैधानिक होइन, यो राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्छ।'

यादवको प्रश्न छ, ‘खिलराज रेग्मी संविधानको कुन धारा अनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए त ?' उनले वर्तमान संविधान प्रयोग गर्न लायकको नभएको दाबी गरे। उनले थपे,‘के को २९८ धारा ? यो संविधान राजनीतिक अभ्यास गर्न लायकै छैन।'

यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर लफ्डा गरे उनी पनि डुब्ने र उनको पार्टी पनि भड्खालोमा जाने बताए।  ‘ओलीले राजीनामा नदिए उनी डुब्छन् र उनको पार्टी एमाले पनि भड्खालोमा पर्छ,' उनले भने, ‘राजीनामा दिनु राम्रो हुन्छ।'

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव पारित भएपनि नयाँ सरकार तत्काल बन्नै नसक्ने दाबी गरिरहेका छन् नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे,‘राजाले राज्य छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो ? जनताले चाह्यो भने जेपनि हुन्छ, देश र जनता नै ठूलो हो।'

संविधान नै अस्पष्ट भएको उल्लेख गर्दै उनले भने, ‘अहिलेको संविधानले संविधान जारी भएको ७ दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था गरेको छ, फेरि ०७४ माघ ७ सम्म सरकार रहिरहनेछ भनेको छ, त्यतिमात्रै होइन अर्को निर्वाचन नभएसम्म अर्को सरकारको समेत कल्पना गरेको छैन, त्यसैले यो संविधान पूर्ण अस्पष्ट छ।' उनले वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने समेत औंल्याए।

उनले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफुहरु सहभागी नहुने दाबी गरे। उनले भने,‘सरकारमा जानेको कमी छैन, हामी हतारमा छैन, सरकारमा जान हामी लालायित छैनौं।'

यद्धपी उनले सरकारलाई राजनीतिक रुपमा वर्तमान समस्याको हल गर्ने कुरामा, मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन र मुलुकको पूर्ननिर्माणमा पूर्ण रुपले सहयोग गर्ने विश्वास व्यक्त गरे।

वर्तमान सरकारको बर्हिगमन र नयाँ सरकार बन्ने परिस्थितिले राष्ट्रिय समस्या हल गर्ने अवसर भएको उल्लेख गर्दै यादवले भने,‘संविधान पूर्नलेखन गर्नु अहिलेको आवश्यकत्ता हो, यसले नै मुलुकलाई निकास दिन्छ, अहिले यो काम गर्न सक्ने वातावरण बनेको छ, यसको उपयोग गर्नु नै बुद्धिमानी हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.