टर्कीमा सेनाका पूर्व प्रमुखसहित २६ जर्नेल हिरासतमा

टर्कीमा सेनाका पूर्व प्रमुखसहित २६ जर्नेल हिरासतमा

अङ्काराः टर्कीमा केही दिन अगाडि सैनिकले विद्रोह गरी गरिएको ‘कू' को प्रयासमा संलग्न भएको आरोपमा यहाँको हवाई सेनाका पूर्व प्रमुखसहित २६ वरिष्ठ सैनिक जर्नेललाई अदालतले हिरासतमा लिएको सरकारी सञ्चार माध्यमले जानकारी दिएका छन् ।

तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगनलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेका बेला शुक्रबार राति गरिएको ‘कू' प्रयास घन्टौँ लामो लडाइपछि शनिबार बिहानसम्ममा नियन्त्रणमा आएको थियो ।

अङ्कारा अदालतले पूर्व टर्की हवाई बलका प्रमुख जनरल आकिन ओज्टुर्कलगायत २६ सैनिक जर्नेललाई पक्राउको आदेश दिएको हो ।

वरिष्ठ अधिकारीमाथि लागाइएको आरोपको सोमबार अबेर राति सुनवाई भएपछि हिरासतमा लिइएको राज्यद्धारा सञ्चालित समाचार समिति अनादोलुले जानकारी दिएको छ ।

शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्यामा सडकमा ओर्र्लिएका सैनिक र सरकारी सेनाबीच भएको भिडन्तमा परी करिब ९० व्यक्तिको मृत्यु भएको थियो ।

त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका थिए ।

राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.