केसीको अनशनले चिकित्साक्षेत्र संकटमा-मेडिकल कलेज

केसीको अनशनले चिकित्साक्षेत्र संकटमा-मेडिकल कलेज

काठमाडौं: निजी मेडिकल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एन्ड डेन्टल कलेज अफ नेपालले आफूले अघि सारेका पाँचबुँदे माग सरकारले पूरा नगरे कडा कदम चाल्ने चेतावनी दिएको छ ।

संगठनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राध्यापक डा. गोविन्द केसीको अनशनका आडमा स्वास्थ्यकर्मीबीच फाटो ल्याउने र चिकित्साशिक्षालाई संकटमा पार्ने काम भएको जनाउँदै त्यस्तो चेतावनी दिएको हो ।

एसोसिएसनले माग सुनुवाइ नभए शिक्षण संस्थासमेत बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ । एसोसिएसनले मेडिकल एवं डेन्टल कलेजका सिट कटौती गर्दा त्यसबाट छात्रवृत्तिको संख्यासमेत कटौती हुने भएकाले स्वदेशमै उच्चशिक्षा अध्ययन गर्न पाउने अवसरबाट वञ्चित नगर्न, विदेशी विद्यार्थीलाई नेपालका मेडिकल एवं डेन्टल कलेजमा अध्ययन गराउने वातावरण सिर्जना गर्न, शुलभ स्वास्थ्य सेवाका लागि नेपालका निजी मेडिकल एवं डेन्टल कलेजको सिट संख्या हचुवामा कटौती नगर्न, शिक्षा मन्त्रालयबाट मनसायपत्र लिई पूर्वाधार तयार गरेका मेडिकल एवं डेन्टल कलेजलाई निकास दिन माग राखेको छ ।

पत्रकार सम्मेलनमा एसोसिएसनका पदाधिकारीले दबाब र हतारमा नभई औचित्य र प्रभावबारे गहन छलफल गरेरमात्र डा. केसीका मागबारे उचित निर्णय लिन सरकारलाई आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.