सभामुखलाई प्रधानमन्त्रीको प्रश्न-संसद् वर्षमान चलाउने कि तपार्इंले ?

सभामुखलाई प्रधानमन्त्रीको प्रश्न-संसद् वर्षमान चलाउने कि तपार्इंले ?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीमगरको भूमिकाप्रति आशंका व्यक्त गर्दै पार्टीभन्दा माथि उठेर भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सभामुखसँगको छलफलमा प्रधानमन्त्री ओलीले बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची हटाएर अविश्वासको प्रस्ताव अघि बढाउने सभामुखको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

‘संसद् तपाईं (सभामुख) ले चलाउने हो कि वर्षमानजीले ?' सभामुख घर्तीका पति माओवादी केन्द्रका नेता वर्षमान पुनप्रति पनि आक्रोश पोख्दै प्रधानमन्त्री ओलीले सभामुखसँग आक्रोश पोखेको स्रोतले बतायो । ‘वर्षमानजी केपी ओलीको चंगुलबाट बल्ल मुक्त भएर हाइसन्चो भयो भन्दै हुनुहुन्छ रे, म पनि माओवादीबाट मुक्त भए भन्दै आफ्नै ढंगले अघि बढ्दा हुन्छ ?'

भन्ने प्रश्न प्रधानमन्त्रीले गरेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओलीले पार्टीभन्दा पनि संविधान, ऐन, परम्परा र अभ्यासअनुसार भूमिका खेल्न सभामुख घर्तीलाई सुझाव दिएका थिए । जबाफमा घर्तीले आफूले विगतकै परम्पराअनुसार अविश्वासको प्रस्ताव अघि बढाएको धारणा राखेकी थिइन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले विगतमा विशेष अधिवेशनबाहेक कुन समयमा सरकारी बिजनेस हटेर अविश्वास प्रस्तावमा छलफल भएको थियो भन्ने प्रश्न गर्दै विगतको अभ्याससम्बन्धी संसद् सचिवालयले वितरण गरेको पत्र देखाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

 

प्रधानमन्त्री ओलीले सरकारको बिजनेसअनुसार मात्र संसद् चल्ने र सरकारको बिजनेस हटाउन सरकारसँग सल्लाह गर्नुपर्ने नियम रहेको भन्दै सभामुखसँग असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावअघि बजेटसम्बन्धी विधेयक कार्यसूचीमा राख्न सभामुखसँग आग्रह गरेका थिए । जबाफमा सभामुखले दलहरू मिल्नुपर्ने पक्षमा आफू रहेको र दलहरू मिलेर आए आर्थिक विधेयक पारित गरेरमात्र अविश्वास प्रस्ताव अघि बढाउने पक्षमा आफू रहेको धारणा राखेकी थिइन् ।

सभामुख घर्तीले बजेटसम्बन्धी आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक २९ गते ११ बजेटको बैठकबाट पारित गर्ने कार्यसूची बनाएकी थिइन् । सोही दिन माओवादी केन्द्र र कांग्रेससहितका दलले अविश्वास प्रस्ताव दर्ता गरेपछि बैठक बस्न सकेको थिएन । ३१ गते पनि बैठक नबसेपछि सभामुख घर्तीले बजेट आश्रित विधेयक हटाएर साउन ६ गते अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूचीसहित सूचना टाँसेर संसद् स्थगित गरेकी थिइन् ।

सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार दलहरूबीच देखिएको द्वन्द्व समाधानका लागि सहमतिको प्रयास गर्ने उद्देश्यले सभामुख आफैंले प्रयास गरी प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले दलहरूबीच सहमति भए साउन ६ गतेको बैठकमा दलहरूको सहमतिअनुसारको कार्यसूची राख्न आफू तयार भएको अन्यथा सहमति नभए अविश्वास प्रस्ताव अघि बढाउने जानकारी दिलाएको शर्माले बताए ।

सभामुख घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार भेट गर्ने शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.