माओवादी र एमालेको संसदीय दलको बैठक बस्दै

माओवादी र एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौँ: बिहीबार व्यवस्थापिका संसदमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावको विषयमा छलफल गर्न एमाले र नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएका छन् ।

बिहीबार संसदमा प्रस्तुत हुने सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रमुख  दुई दलले संसदीय दलको बैठक बोलाएका हुन् ।

एमालेले र माओवादीले बुधबार ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन् । एमालेको संसदीय दलको बैठकमा व्यवस्थापिका संसदको कार्यसूचीमा आर्थिक विधेयक राख्न दबाब दिने र अविश्वासको प्रस्तावको सामना गर्ने विषयमा छलफल हुने छ ।

यता, माओवादीको बैठकमा भने प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा समर्थन जुटाउने विषयमा छलफल हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.