पोखरामा बस चढ्दा शौचालयको चिन्ता छैन

पोखरामा बस चढ्दा शौचालयको चिन्ता छैन

काठमाडौँः काठमाडौँदेखि पोखरासम्म दिनहुँ चल्ने सवारी साधनभित्र शौचालयको व्यवस्था गरिएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।

‘डेभिट टुर्स एण्ड ट्राभल्स’ले दुई वटा बसभित्र शौचालयको व्यवस्था गरेको हो ।

उक्त बसका सञ्चालक दीपक भट्टराई बसभित्रै शौचालय भएको बस भित्र्याएपछि यात्रा गर्नेको सङ्ख्या बढेको बताउछन् ।

‘शौचालयको व्यवस्था गरेका कारण यात्रुले धेरै रुचाएका छन्,’ उनले भने ।

नेपालमा धेरै पर्यटकीयस्थल रहेको र पर्यटकलाई यात्रामा सहज होस् भन्ने उद्देश्यका साथ यस्ता बस सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘उक्त बस सञ्चालनबाट केटाकेटी र वृद्धवृद्धालाई बढी सहज भएको छ ।’

पोखराका भीमबहादुर गुरुङ उक्त बस सञ्चालनमा आएपछि आफू निरन्तर सो बसमा यात्रा गर्दै आएको बताउछन् ।

‘अरु बसले दिशापिसाव लागेको बेला भनेको बेला रोक्दैनन्, यस बसमा यात्रा गर्दा मन ढुक्क हुन्छ,’ उनले भने । बसमा काठमाडौँदेखि पोखरासम्मको भाडा सात सय रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.