कांग्रेस संसदीय दलमा देउवा र प्रचण्डसहित विशेष बैठक

कांग्रेस संसदीय दलमा देउवा र प्रचण्डसहित विशेष बैठक

काठमाडौँ : अविश्वास प्रस्ताव र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) र कांग्रेसका शीर्ष नेताहरुबीच कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिशेष बैठक सुरु भएको छ।

बिहीबार व्यवस्थापिका संसदमा पेस हुने प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल बनाउने रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधी, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेता छन् भने माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्णबहादुर महरालगायत नेता सहभागी छन् ।

संसदको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले एक साताअघि संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ। सरकारले यसलाई परिवर्तन गरेर पहिले आर्थिक विधेयकहरु पारित गर्नुपर्ने भन्दै दबाब दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.