नयाँ सरकार गठनमा सघाउने भन्दै ओलीका मन्त्रीको राजीनामा

नयाँ सरकार गठनमा सघाउने भन्दै ओलीका मन्त्रीको राजीनामा

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले राजीनामा दिएका छन् ।

समाजवादी जनता पार्टीको तर्फबाट मन्त्री बनेका सिंहले बुधबार प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका हुन् ।

सिंहले राजीनामा बुझाएपछि अन्नपूर्णसँग कुरा गर्दै राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।
 
‘हामीले पहिलादेखि नै राष्ट्रिय सहमतिको सरकारको पहल गरेका थियौँ । पार्टीको निर्णय अनुसार नै आज राजीनामा बुझाएको हुँ ।’

समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेपछि मन्त्रीपदबाट राजीनामा दिएको सिंहले प्रष्ट पारे ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका संसदमा एक साता अघि अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्तावमाथि बिहीबारको संसद बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिए लगत्तै माओवादीका आठ मन्त्रीले राजीनामा बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.