पोखरा जाँदै गरेको बससँग कार ठोक्किँदा तीनको मृत्यु, ३३ घाइते

पोखरा जाँदै गरेको बससँग कार ठोक्किँदा तीनको मृत्यु, ३३ घाइते

दमौली : तनहुँस्थित पृथ्वी राजमार्गमा एकै दिन भएका तीन फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । केहीको अवस्था चिन्ताजनक छ।


पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ च २३०७ नम्बरको कार र दमौलीबाट पोखरा जाँदै गरेको ग १ ज ४३२५ नम्बरको जीप जामुने ३ निर्मलवस्तीमा ठक्कर खाँदा कारमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक स्याङ्जा अर्जुनचौपारी निवासी ४५ वर्षका देउबहादुर थापाको उपचारका क्रममा रत्नहरि अस्पतालमा मृत्यु भएको हो । सोही कारमा सवार तनहुँ व्यास ५ निवासी ५३ वर्षिया मना थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी घाइते कारमा सवार व्यास ५ निवासी २५ वर्षिया केशरी गाहाको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ ।

उता, घाँसीकुवा ३ कमलाबारीमा भएको दुर्घटनामा परी एक यात्रुको मृत्यु भएको छ । दमौलीबाट मुग्लिङ जाँदै गरेको ध १ ख ४९५ नम्बरको बस र मुग्लिङबाट दमौली आउँदै गरेको ना ५ ख ७९८४ नम्बरको ट्रक ठक्कर खाँदा घाइते गोरखा धुवाँकोट निवासी २७ वर्षका दीपक नहर्कीको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पोखराबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ६४४७ नम्वरको बस जामुने गाविस ३ गुणादीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी घाइतेहरुको दमौली अस्पताल र रत्नहरि तथा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको तनहुँ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.