ब्रोकर कमिसन ४० प्रतिशत घटाइयो
काठमाडौं : सरकारले सेयर कारोबारमा संलग्न ब्रोकर कमिसन ४० प्रतिशत घटाएको छ ।
अर्थमन्त्रालयले बुधबार ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो। नयाँ निर्णयअनुसार नयाँ अब ब्रोकर कमिसन अधिकतम ०.६ प्रतिशतबाट सुरु हुनेछ । न्यूनतम ०.४ प्रतिशतसम्म कायम हुने भएको छ ।
यसले बुलिस ट्रेन्डमा रहेको पुँजी बजारमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ। नयाँ निर्णयअनुसार लगानीकर्ताले ५० हजार रूपैयाँसम्म ०.६ प्रतिशत, ५० हजारदेखि २० लाखसम्म ०.५५, २० लाखदेखि एक करोडसम्म ०.४५ प्रतिशत तथा एक करोडभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिर्नुपर्नेछ ।